Play

प्रधानमन्त्री प्रचण्ड बेइजिङमा, नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्री प्रचण्ड चीनको बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणमा लागि शनिबार उनी हाङ्झाउ पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड आइतबार स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ पुगेका हुन्। उनले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने तालिका छ । यो सम्मेलन चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेका हुन् ।

सम्मेलनमा लगानी सम्बन्धी चर्चा हुने छ । यसमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी उपस्थित हुने छन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुने बताइएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा साँभ रात्रीभोजको आयोजना गर्ने तालिका छ ।

७ आश्विन २०८०, आईतवार १५:५१ मा प्रकाशित
Nabintech