Play

शैक्षिक सुधारका लागि पोखराका ४ विद्यालयद्वारा काठमाडौं विश्वविद्यालयसँग सम्झौता

गुरुकुल खबर


पोखरा, पोखराका ४ विद्यालय र काठमाडौ विश्वबिद्यालयका बीच एक सम्झौता गरिएको छ । कन्टिन्युइङ एन्ड प्रोफेशनल एजुकेसन प्रोग्राम अन्तर्गत काठमाडौ विश्वविद्धालयका तर्फबाट विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल र पोखराका ४ विद्यालयका प्रधानाध्यापकहरुका बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सो अवसरमा पोखरा–८, न्युरोडको लक्ष्मी आवासीय माध्यमिक विद्यालय (एल.ए) का प्रधानाध्यापक डा. विश्व युधिर पौडेल, पोखरा–२६, बुढिबजारको जुनियर सिटिजन एकेडेमी (जेसिए) का प्रधानाध्यापक सुन्दर ढकाल, पोखरा–१७, बिरौटाको बालोदय बोर्डिङ स्कुलका प्रधानाध्यापक टेकनाथ पौडेल र पोखरा–९, न्युरोडको बाल प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लिराम अर्यालले सम्युक्त रुपमा हस्ताक्षर गरेका थिए भने काठमाडौं विश्वविद्यालयको तर्फबाट प्रा.डा. लुइटेलले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार काठमाडौ विश्वविद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा योगदान पु-याउने छ भने सो योजनाको ४ विद्यालयका प्रतिनिधिहरुको एलायन्स फर एजुकेसनल एक्सिलेन्स गठन (एइसि) गरिएको पनि थियो ।

अबको शिक्षा ज्ञानमा मात्रै सिमीत नभई सीप सहितको हुनुपर्ने आवश्यकता रहेको कारण यो सम्झौता गरिएको एल.ए. का प्रधानाध्यापक डा विश्व युधिर पौडेलले वताए ।सो अवसरमा विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकहरुको पनि सहभागिता रहेकोे थियो ।

 

१८ भाद्र २०८०, सोमबार १५:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा