Play

पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा सौगात थापा

गुरुकुल खबर


पोखरा, पोखरा ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा सौगात थापा नियुक्त भएका छन् । अंशुवरा ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका थापा आइतबार बोर्ड अफ डाइरेक्टरमा नियुक्त भएको पोखरा ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले जानकारी दिए ।

सौगातलाई पोखरा ट्रेडमलको नियमावलीको परिक्षण ४ को दफा २८ को उपदफा ४ बमोजिम बोर्ड अफ डाइरेक्टरमा नियुक्त गरिएको हो । सौगात पछिल्लो समय व्यवसायमा सक्रिय छन् । सौगात पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् ।

पोखरा ट्रेडमललाई अझ व्यवस्थित बनाउँदै लैजाने सोच उनको छ । ट्रेडमलमा व्यवसायीलाई आकर्षण गराउन प्रविधिमैत्री वातावरणलाई आत्मसात् गरिने उनले बताए । ‘अग्रजका सल्लाहलाई अनुसरण गर्दै पोखरा ट्रेडमलको स्तरउन्नतिमा लागि पर्नेछु’, उनले भने,‘ट्रेडमलको प्रचारप्रसारमा समेत ख्याल गरी व्यवसायिक मैत्री वातावरण बनाउने लक्ष्य सहित काम गर्न प्रतिबद्ध छु ।’

मिनराज काफ्लेले ट्रेडमलको बोर्ड अफ डाइरेक्टरमा युवा व्यक्तित्वलाई नियुक्त गर्न पाउँदा खुशी लागेको उल्लेख गरे । सौगात सयौं युवाहरुको प्रेरणा बन्न सक्ने भनाई उनको छ । युवालाई व्यवसायिक क्षेत्रमा आकर्षण गराई नेतृत्व विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास उनले लिएका छन् ।

पोखरा ट्रेड मल २०७२ सालमा सञ्चालनमा आएको नेपालकै ठूलो व्यावसायिक कम्प्लेक्स मध्येमा पर्छ । जहाँ ५ सय ४ सटरहरु छन् । ट्रेडमलमा अंशुवरा ग्रुपको ठूलो लगानी छ । यसका अलवा अंशुवरा समूहले वित्तिय संस्था, रियलस्टेट, हस्पटालिटी क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । यस्तै यो समूहले अंशुभरा एग्रोफर्म समेत संचालनमा ल्याउने तयारी गरिरहेकोे छ ।

११ भाद्र २०८०, सोमबार १५:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा