Play

प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगिता

गुरुकुल खबर


पोखरा, यहाँस्थित प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगितामा आयोजना गरिएको छ। विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए।

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुुसार नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। त्यसैगरी अंग्रेजी भाषामा गरिएको प्रतियोगितामा ‘२१ औं शताब्दीमा साइबर क्राइम’ विषयमा प्रतिश्पर्धा भएको थियो।

नेपाली भाषाको वक्तृत्वकलाका निर्णायकहरुमा डा. पुण्यप्रसाद शर्मा, बोधराज ढकाल, राधाकृष्ण गैह्े्र थिए। त्यस्तै अंग्रेजीतर्फको निर्णायकमा यादव सुवेदी, आकाश सुवेदी र अजय पौडेल थिए।

अंग्रेजीतर्फको प्रतिश्पर्धामा महिमा विक प्रथम, कविन्द्र आचार्य द्वितीय र आयान इकवाल तेश्रो भएका थिए। त्यस्तै नेपाली भाषातर्फको प्रतिश्पर्धामा दिपाली भट्टराई, प्रकृति सुवेदी र पूर्णिमा पौडेले क्रमशः प्रथम, द्वितीय र तृतिय भएका थिए।

विद्यार्थीमा भएको आन्तरिक क्षमता बाहिर ल्याउनका लागि प्रतिश्पर्धा गरिएको प्राचार्य सापकोटाले बताए। अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको उनले बताए।

५ भाद्र २०८०, मंगलवार १४:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा