Play

कागबेनीमा बाढी आउँदा हराएको प्रभु र इन्भेष्टमेण्ट बैंकको डेढ करोड बढी फेला

गुरुकुल खबर


पोखरा, बाढीले क्षतिग्रस्त बनाएको मुस्ताङको कागबेनी क्षेत्रमा उत्खनन्को क्रममा प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोड रुपैयाँ बढी फेला परेको छ।

गत आइतबार बाढी आउँदा लेदोसहितको बाढीले बगाएको एक सातापछि उक्त परिमाणको रकम स्थानीयबासी र उद्धारमा खटिएका सुरक्षाकर्मीले १ करोड ५६ लाख ९५ हजार १९० रुपैयाँ भेट्टाएका हुन्।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार बाढीले इन्भेष्टमेन्ट मेगा बैंकलाई ठूलो क्षति पुगेको थियो। बाढीले ल्याएको लेदो खन्ने क्रममा सेना, प्रहरी र स्थानीयसहितले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ फेला परेको हो। उक्त रकम बैंकको लकरमै भेटिएको हो।

त्यस्तै आइतबार दिउँसो प्रभु बैंकको ५१ लाख ६२ हजार २२६ रुपैयाँ फेला पारेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए। उनका अनुसार प्रभु बैंकको भवन नै बाढीले लगेको थियो। त्यही भवनको भग्नावशेष खोतल्दा बैंकको लकर र त्यसभित्रको ५१ लाख ६२ हजार २२६ रुपैयाँ भेटिएको हो।

दुवै बैंकको रकम प्रशासनले बुझाइसकेको छ। लकरबाहिर केही साना दरका नोट पनि भेटिएका छन्। बाढीग्रस्त क्षेत्रमा खोजी र मर्मत संभारको काम जारी रहेको छ ।

४ भाद्र २०८०, सोमबार १२:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा