Play

डिजिटल साक्षरता अभियानमा सन्चारिका गण्डकी

गुरुकुल खबर


पोखरा, गलत र भ्रामक सुुचनाबाट कसरी बच्ने भन्ने विषयमा पोखरामा डिजिटल मिडिया साक्षरता कार्यक्रम समापन भएको छ ।

नेपाल पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रम संचारिका समुह गण्डकी प्रदेशको आयोजना तथा नुसान र अमेरीकी राज दुतावासको सहयोगमा गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशसका उप–सभामुख विना कुमारी थापा मगरले सत्य तथ्य र निश्पक्ष रुपमा समाचार संप्रेसण गर्नुपर्नेमा जोड दिइन् ।

त्यसै गरी संचारिका समुह गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठले अहिलेको डिजिटल युगमा भ्रामक र गलत सूचनाबाट बच्नका लागि संस्थाले कार्यक्रमको आयोजना गरिएको बताइन् । साथै उनले कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने समेत जानकारी दिइन् । कार्यक्रममा अमेरीकी राजदुताबासका प्रोफेशनल एक्सचेन्ज विज्ञ ईशु लामाले कार्यक्रमको प्रशंसा गर्दै, आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दिपेन्द्र श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षपुण्य पौडेल, इन्सेक गण्डकी प्रदेशका प्रमुख शिव खकुरेल, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेश फोनिजका अध्यक्ष रुद्र श्रीस मगर लगायतले गलत र भ्रामक सुचनाबाट सवैलाई सचेत रहनका लागि आग्रह गरे । कार्यक्रम सञ्चालन सञ्चारिका समुहका कोषाध्यक्ष उमा आले मगरले गरेकी थिइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

३ भाद्र २०८०, आईतवार ११:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा