Play

फेसबुकमा मार्मिक स्टाटस लेखेका वडा अध्यक्ष झुण्डिएको अवस्थामा मृत भेटिए

गुरुकुल खबर


पोखरा, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।मृत भेटिनुभन्दा केहीबेर अघि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा एक मार्मिक स्टाटस लेखेका थिए ।

‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रीय अनिता; साथ निभाउन सकिन । मलाई माफ गरे । घर परिवार, साथिभाई शुभचिन्तक सबैसँग माफी चाहन्छु। अल बिदा,’ उनले फेसबुकमा उल्लेख गरेका छन् । शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको उनको पारिवारिक स्रोतले जनाएको छ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन्।मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए ।

२ भाद्र २०८०, शनिबार १४:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा