Play

फेसबुकमा मार्मिक स्टाटस लेखेका वडा अध्यक्ष झुण्डिएको अवस्थामा मृत भेटिए

गुरुकुल खबर


पोखरा, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरे झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

शनिबार बिहान घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।मृत भेटिनुभन्दा केहीबेर अघि घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा एक मार्मिक स्टाटस लेखेका थिए ।

‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रीय अनिता; साथ निभाउन सकिन । मलाई माफ गरे । घर परिवार, साथिभाई शुभचिन्तक सबैसँग माफी चाहन्छु। अल बिदा,’ उनले फेसबुकमा उल्लेख गरेका छन् । शुक्रवार अपराह्न घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको उनको पारिवारिक स्रोतले जनाएको छ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन्।मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताए ।

२ भाद्र २०८०, शनिबार १४:४९ मा प्रकाशित
Nabintech