Play

घरबाट विद्यालय जाँदा वेपत्ता भएका पोखराका तीन बालिकाको अझै पत्तो लागेन

गुरुकुल खबर


पोखरा, पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन्। यही साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् ।

पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन्। तीनैजना हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन्। हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा पढ्थे। आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन्। राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ।

परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोसाक सेतो सर्ट र निलो स्कट लगाएका थिए। प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेको र हालसम्म घरमा फर्की नआएको भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्।

‘आफन्त, इष्टमित्रसमेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊँ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी तीव्र बनाएका छौँ’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने।

३० श्रावण २०८०, मंगलवार १५:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा