Play

संघीयताका बारेमा सोच्नुपर्ने बेला आएको छ : नेता भण्डारी

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले संघीयताका बारेमा सोच्नुपर्ने बेला आएको बताएका छन् ।

पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भण्डारीले संघीयताले धेरै विकृति जन्माएको भन्दै यसको विकल्प खोज्नुपर्ने बताए । जनतालाई अधिकार प्रदान गर्न स्थानीय तहको सरकारलाई नै बलियो बनाउनुपर्ने उनको सुझाव थियो ।

संविधानमा लेखिए अनुरुप निर्वाचन पद्धतीले काम गर्न नसक्दा संघीयताप्रति जनताको वितृष्णा बढ्दै गएको नेता भण्डारीले बताए । निर्वाचन प्रणालीले एउटै पार्टीलाई बहुमत आउन कठिन भएकाले पनि विकृति बढ्दै गएको उनको भनाई थियो ।

उनले समानुपातिक प्रणालीमा एउटै व्यक्तिले तीन पटक अवसर लिएको बताउँदै पहिचान भनेको विविधता हो, यसलाई हरेक पार्टीले गलत व्याख्या गरी संविधानको मर्म विपरीत काम गरेको समेत आरोप उनले लगाए ।

संघीयताले राष्ट्रिय सुरक्षा समेत कमजोर बनाएको बताउँदै उनले संघीयताका बारेमा पुनर ब्याख्या गर्न जरुरी भएको दोहोर्याए । देश बचाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भएपनि एक हुनै पर्छ, उनले भने– राष्ट्रिय स्वाधीनता प्रति दलहरु विचलित हुनु हुदैन् ।

नेता भण्डारीले संविधानमा राखिएको धर्म निरिपेक्षता सम्बन्धी प्रावधान हटाउन जरुरी रहेको उल्लेख गर्दै वैदिक सनातन हिन्दू धर्म राष्ट्र घोषणा हुनुपर्ने भनाई राखे । धर्म निरिपेक्ष घोषणा गरी राष्ट्र कमजोर बनाउने राजनितिक रुपमै डिजाइन भएको भन्दै धर्म निरपेक्षता घोषण गर्न नेताहरु विदेशीको दवावमा परेको पनि उनको आरोप थियो ।

नेपाललाई बलियो बनाउन सबै राजनीतिक दलका नेताको साझा प्रयास आवश्यक हुने भनाई उनको छ । देश रहेमा मात्र पार्टी र सरकार रहन्छ भन्दै राष्ट्रियताको सवालमा गंंभीर रहन सबैलाई उनले आग्रह गरे ।

पूर्वमन्त्री समेत रहेका नेता भण्डारीले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको हुँदा कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको यथार्थ प्रस्तुुत गरे । उनले ठेकेदारहरुलाई ८० अर्ब रुपैयाँ दिन बाँकी रहनु मुलुकको लागि राम्रो संकेत नभएको समेत बताए ।

 

१८ श्रावण २०८०, बिहीबार १४:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा