पोखरा ,यस वर्षको तायाः मचा प्रतियोगीताको तयारी सुरु गरीएको छ । पोखराको रानीपौवामा हुनेप्रतियोगीताको आज एक कार्यक्रमका विच सचिवालयको उद्घाटन गरीएको छ । सचिवालयको उद्घाटन गर्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले ताया मचाः प्रतियोगीताको तयारी तिव्र पारीएको वताए । । प्रतियोगीताको लागी विभीन्न टोल वाट समुहहरुको प्रतियोगीतामा सहभागीता रहने जानकारी दिए । प्रतियोगीताको प्रथम पुरस्कार ३ लाख ३३ हजार ३ सय ३३ रहेको पालिखेले बताए ।
तायाः मचा नृत्य प्रतियोगताका मुख्य सयोंजक ईश्वर कर्माचार्य ले करिव २५ टिमले सहभागी जनाउने जानकारीदिए । कार्यक्रम भदौ १६ गते शनिवार रानिपौवामा हुने छ । यस अघि नेवा खल कास्कीले ताया ःमचा सामाग्री नभएको ठाउँहरुमा वाजा समेत हस्तान्तरण गरेको थियो ।
यस वर्षको तायाः मचा प्रतियोगीता पोखराको रानीपौवामा हुने छ । भाद्र ४ गते ताया मचाः रहे पनि भाद्र १६ प्रतियोगीता हुने नेवा खलः कास्कीका अध्यक्ष पालिखेले बताए । प्रतियोगीताको लागी ३२ वटा टोल वाट समुहरुको प्रतियोगीतामा सहभागीता रहने आायोकले विश्वास लिएको छ ।
नृत्य ननिस्क्ने ठाउँहरुमा तायामचाको नृत्य निस्कीयोस भनेर नेवा खलः कास्कीको सहयोगमा विभिन्न स्थानका नेवार समुदाएहरुलाई वाजाको पुरा सेट समेत हस्तान्तरण गरेको थियो । भाद्र १४ गते आ आफ्नो टोलमा प्रर्दशन गरेर प्रतियोगीतामा सहभागीता रहने पालिखेले जानकारी दिए ।
संस्कृतीकर्मी तीर्थ श्रेष्ठले ताया मचा पहिलो जस्तो नरहेको वताए । नाचमा चाहीने कुराहरुमा कमी आएको प्रति चिन्ता लागेको व्यतm गरे । उनले नाचमा टाउको कसरी हल्लाउने कसरी राग वजाउने र मौलीक शैलीमा ध्यान दिन आग्रर्ह गरे ।