Play

पोखरा कृषि पर्यटन सहकारी दोश्रो वर्षमा

गुरुकुल खबर


पोखरा, पोखरा कृषि पर्यटन सहकारी लिमिटेड स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापनको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा सोमबार एक कार्यक्रमका विच प्रथम वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमको जिल्ला बचत संघका अध्यक्ष भेषराज बरालले उद्घाटन गरे । उनले सहकारीले वित्तीय क्षेत्रको मेरुदण्ड रहेको बताए । उनले विधानमा उल्लेख भए अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै सफलताको शुभकामना व्यक्त गरे ।

संस्थाका सल्लाहकार चुडामणी बरालले पोखरा कृषि पर्यटन सहकारी प्रदेश स्तरीय सहकारी रहेको बताए । उनले विषम् परिस्थितीमा स्थापना भएको संस्थाले छोटो समयमा प्राप्त गरेको सफलताको प्रशंसा गरे ।
कार्यक्रममा यज्ञप्रसाद अधिकारीले धेरै भन्दा धेरै स्थानीयहरुलाई समेट्ने गरि कार्यक्रमहरु ल्याउन आग्रह गरे ।

संस्थाका अध्यक्ष दुर्गाकुमारी आचार्यले संस्थाका गतिविधिमाथि प्रकाश पार्दै संस्थाले स्थानियलाई समेटेर कृषि तथा पर्यटनका क्षेत्रमा जोड दिने गरि कार्यक्रमहरु सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले विषम परिस्थीतिमा स्थापित सहकारीले सेयर सदस्यहरुको लगानीलाई सुरक्षित गर्ने हिसावले जोखिमयूक्त क्षेत्रका लगानीलाई निरुत्साहित गरिरहेको जानकारी दिइन् ।

संस्थाका अध्यक्ष दुर्गाकुमारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गणेशबहादुर कार्कीले गरेका थिए । संस्थाको पोखरा – ३३ बागमारास्थित प्रधान कार्यालय रहेको सहकारीमा १६७ जना सदस्य छन् ।

१० श्रावण २०८०, बुधबार १२:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा