Play

पोखरा महानगरमा उपप्रमुखसंग महिला कार्यक्रमलाई २ करोड बजेट विनियोजन

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिकाले उपप्रमुखसंग कार्यक्रमका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम सार्वजनीक गर्दै उपप्रमुखसंग महिला कार्यक्रम कोषमा थप दुई करोड रुपैयाँ जम्मा हुने व्यवस्था गरिएको बताउनुभयो । महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउदै उद्यमशी बनाउने उदेश्यले  यो कार्यक्रम सञ्चालन गदै आएको छ ।

विपन्न, एकल एवं लक्षित वर्गका महिलाहरुको उद्ययमशीलता विकासका लागि उपप्रमुखसंग महिला कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको उल्लेख गदै चक्रीय कोषका रुपमा उद्यमशील महिला दिदीबहिनीहरुलाई व्यवसायिक योजनामा आधारित लगानी रकम उपलब्ध गराउन बजेटको ब्यवस्था गरिएको हो ।

महिलाहरुलाई उद्यमशीलतासंगै अन्य आयआर्जनमा सहयोग गर्ने र सुलभ ब्याजसहित फिर्ता गर्ने कोषलाई आगामी दिनमा स्वचालित, सुदृढ र प्रणालीवद्ध बनाइने समेत बजेटमा उल्लेख गरिएको  उपप्रमुख गुरुङले बताउनुभयो । उपप्रमुखसंग महिला कार्यक्र्रम सञ्चालन कार्यविधि बनाएर सञ्चालन गर्दै आएको छ ।आर्थिक वर्ष २०८९÷८० सम्म ६१९ जनालाई झण्डै ११ करोड रुपैयाँ लगानी भएको छ ।

लक्षित समुदायहरुमा दलित समुदायका, आदिबासीजनजाती,द्धन्द्ध प्रभावित परिवारका महिला, अपाङ्क महिला वा अपांग परिवार पाल्नुपर्ने महिला, मुस्लिम समुदायका, एकल महिलाहरु,  महिला समुह, महिलाद्धारा सञ्चालित सहकारीहरुलाई ऋण प्रवाह गर्ने गरिएको छ । त्यस्तै उपप्रमुखसंग महिला कार्यक्रम मार्फत कानुनी सचेतना र शैक्षिक सहजता कार्यक्रम समेत सञ्चालन हुदै आएको छ ।

१२ असार २०८०, मंगलवार ०६:५१ मा प्रकाशित
Nabintech