Play

जलहरीलाई रिफाइनन गरेर मात्रै पशुपतिमा राखियोस- राप्रपा नेता किरण 

गुरुकुल खबर


काठमाडौं, राप्रपाका युवा नेता रवि किरण हमालले पशुपतिमा चढाइएको जलहरीलाई रिफाइन गर्न माग गरेका छन् ।
उनलेे विश्वभरका हिन्दुको आस्थाको केन्द्र पशुपतिमा भ्रष्टाचार प्रकरणको कुरा उठ्नु इतिहासकै गम्भीर र लज्जास्पद घटना रहेको प्रतिक्रिया दिएका छन् ।
किरणले आक्रोश पोख्दै भनेका छन्  “पशुपतिको जलहरीमा कथित कम्युनिस्टको मुकुन्डो भिडेर राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री भएका हरुको नाम लेख्नु कुकर्म हो, घृणित कार्य हो । देशको धर्म,सभ्यता र संस्कृतिलाई हत्या गर्ने राजनैतिक मिसन र विचार बोकेकाहरूले पशुपतिको जलहरीमा आफ्नो नाम लेखाउने दुष्प्रयास किन गरे? ´´
उनले पशुपतिमा भ्रष्टाचार गर्नेलाई इतिहासले माफ नगर्ने समेत चेतावनी दिएका छन्
उनले जलहरीलाई रिफाइन गरेर , दुष्टहरूको नाम मेटाएर मात्र  पशुपतिमा राख्न आग्रह गरेका छन् ।
पशुपतिनाथको गर्भगृहमा चढाइएको सुनको जलहरीमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको दुई वर्षपछि आइतबार साँझ  यो प्रकरण अनुसन्धान गर्न तोकिएका अनुसन्धान अधिकृतको नेतृत्वमा अख्तियारको टोली पशुपति मन्दिर पुग्यो ।
मन्दिरको दर्शनार्थीलाई बाहिर निकालियो, सेना परिचालन गरियो । अस्थायी सीसीटीभी जडान गरियो । र गर्भगृहबाट सुनको जलहरी निकालियो । रातिसम्म प्रहरी, वडाका जनप्रतिनिधि, सुनचाँदीका विज्ञको रोहवरमा अख्तियारको टोलीले जलहरीको तौल लिएको छ ।

११ असार २०८०, सोमबार २२:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा