Play

गण्डकीमा भौतिक पूर्वाधारमा रु. ११ अरब १६ करोड बजेट, टुक्रे योजना कटौति

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि भौतिक पूर्वाधार शिर्षकमा रु. ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ ।

प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा कुल रु. ३३ अरब ४२ करोडको बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि रु. ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।

आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तब्यमा उल्लेख छ । पुँजिगत शिर्षकमा बिनियोजन भएको रु. २० अरब १९ करोडको बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ । भौतिक पूर्वाधार मन्त्रालय प्रदेशकै सबैभन्दा ठूलो बजेट भएको मन्त्रालय हो ।

मन्त्रालयले आगामी वर्षको योजनामा न्युनतम ३० लाख बजेट बिनियोजन गरेको छ । टुक्रे योजना कटौती गरेको र रु. ३० लाख भन्दा कमका योजना सिफारिस नगरेको भौतिक मन्त्री रेशम जुग्जालीले बताउनुभयो ।

“संघीय व्यवस्थालाई बलियो बनाउने र प्रदेशको औचित्य पुष्टि गर्न पनि योजना तर्जुमाको परम्परागत शैली बदलेका छौ,” उहाँले भन्नुभयो “बहुबर्षीय ठेक्का लागिसकेका पुराना आयोजनालाई पूर्णता दिन प्राथमिकता दिदै नयाँ योजना थपिएका छन् ।”
गण्डकीमा प्रदेशसभा सदस्यको सिफारिसमा सञ्चालन हुने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले निरन्तरता पाउने भएको छ । एक जना सांसदले रु. दुई करोड बजेटका योजना सिफारिस गर्न पाउने गरि बजेट ल्याइएको हो ।

२ असार २०८०, शनिबार ०७:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा