Play

तेस्रो गण्डकी प्रदेश स्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

गुरुकुल खबर


पोखरा, पोखराको रंगशालामा तेस्रो प्रदेश स्तरिय तथा पहिलो कास्की जिल्ला स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सह आयोजनामा उक्त प्रतियोगिता हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । सोहि अवसरमा गण्डकी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो टेक्निकल तथा प्रशिक्षक सेमिनार प्रतियोगिता पनि सञ्चालनहुने छ ।

प्रतियोगिताको उद्धघाटन संघिय सरकारका यूवातथा खेलकुद मन्त्री दिगबहादुर लिम्वुले गर्ने आयोजकले जनाएको छ ।

पोखरा रंगशाला स्थित बहुउद्धेश्यिय कभर्डहलमाआयोजना हुने उक्त प्रतियोगितामा ७ जिल्लाका ३ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आइटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घमबहादुर थापाले जानकारी दिए ।

उनकाअनुसार प्रतियोगितमा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता हुने छ । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकी उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजकआकाशचन्द्र घर्तीमगर जानकारी दिए ।

उनकाअनुसार प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ जसमा स्पाइरिङ तर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा गराइने भएको छ ।

त्यसै गरी एकल प्यार्टन तर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् । सो अवसरमा विभिन्न खेल प्रदर्शनीहरु समेत साथै राष्ट्रिय खेलकुदमा प्रतियोगिता स्वर्ण बिजेता खेलाडीहरुलाई सम्मान समेत गरिने छ ।

नेपालअन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको संयोजनामाहुने प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख ५० हजार खर्च हुने अनुमान रहेको आइटिएफ तेक्वान्दो गण्डकीका कोषाध्यक्ष तथा स्टेज संयोजक बिक्कि सुनारले जानकारी दिए ।

प्रतियोगितालाई सफल बनाउन एक दिने अम्पाएर सेमीनार सम्पन्न गरिएको छ जसमा ३० जनाअम्पाएरले प्रतियोगिता सञ्चालन गर्नेछन् । नेपालमा खेलकुदको बिकास,विस्तार, संरक्षण गर्नुका साथै प्रतिभावान खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गर्ने ,खेलाडीहरुमा स्तरियताको थपअभिबृद्दी गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको उक्त प्रतियोगिता २ गते सम्म सञ्चालनहुने छ ।

२ असार २०८०, शनिबार ०७:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा