Play

कास्की जिल्लास्तरिय एथलेटिक्स प्रतियोगिता असार २ गते हुने

गुरुकुल खबर


पोखरा । कास्की जिल्लास्तरिय एथलेटिक्स प्रतियोगिता असार २ गते हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । जिल्ला खेलकुदका कार्यालय प्रमुख डम्वर बहादुर (डिवी)नेपालीका अनुसार प्रतियोगितामा १०० मिटर, २०० मि., ८०० मि. र १५०० मिटर छात्र/छात्रा दौड प्रतियोगिता संगै खुल्ला ३ किमि छात्र/छात्रा दौड समावेश गरिएको छ ।

प्रतियोगिता अन्तर्गत हुने १०० मिटर, २०० मि., ८०० मि. र १५०० मिटर छात्र/छात्रा दौडमा विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने ३ किमि छात्र/छात्रा दौडमा क्रमश प्रथम, द्वितिय र तृतिय हुने खेलाडी क्रमश जनही नगद रु ५ हजार, ३ हजार र २ हजार नगदका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने भएकोले सोको लागि सम्पूर्ण विद्यालयहरुमा पत्रचार गरिएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।

उक्त प्रतियोगिताबाट यूवा खेलाडी उत्पादन तथा पहिचानका लागि सहयोगी रहने उनले बताए ।

२८ जेष्ठ २०८०, आईतवार ११:४३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा