Play

कास्की जिल्लास्तरिय एथलेटिक्स प्रतियोगिता असार २ गते हुने

गुरुकुल खबर


पोखरा । कास्की जिल्लास्तरिय एथलेटिक्स प्रतियोगिता असार २ गते हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । जिल्ला खेलकुदका कार्यालय प्रमुख डम्वर बहादुर (डिवी)नेपालीका अनुसार प्रतियोगितामा १०० मिटर, २०० मि., ८०० मि. र १५०० मिटर छात्र/छात्रा दौड प्रतियोगिता संगै खुल्ला ३ किमि छात्र/छात्रा दौड समावेश गरिएको छ ।

प्रतियोगिता अन्तर्गत हुने १०० मिटर, २०० मि., ८०० मि. र १५०० मिटर छात्र/छात्रा दौडमा विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने ३ किमि छात्र/छात्रा दौडमा क्रमश प्रथम, द्वितिय र तृतिय हुने खेलाडी क्रमश जनही नगद रु ५ हजार, ३ हजार र २ हजार नगदका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने भएकोले सोको लागि सम्पूर्ण विद्यालयहरुमा पत्रचार गरिएको कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।

उक्त प्रतियोगिताबाट यूवा खेलाडी उत्पादन तथा पहिचानका लागि सहयोगी रहने उनले बताए ।

२८ जेष्ठ २०८०, आईतवार ११:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा