Play

गण्डकी प्रदेश बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस

गुरुकुल खबर


पोखरा । गण्डकी प्रदेशको शुक्रबारको बैठकमा प्रदेशका बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले आर्थिक वर्ष २०८०/०८१ को बजेटका सिद्धान्त र प्राथमिकता प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

बजेटका सिद्धान्त र प्राथमिकता पेस गदै आलेले प्रदेश गौरवका आयोजना, रणनीतिक आयोजना पुराना कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।

बैठकमा मन्त्री आलेले आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउन उत्पादन मुलक र छिटो प्रतिफल प्राप्त गर्न सकिने आयोजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने र अधुरा दायित्व सृजना भइसकेका आयोजनामा बजेटले प्राथमिकता दिइने  बताए ।

सरकारले संभाब्यता अध्यन, बिस्तृत परियोनजा प्रतिवेदन, डिजाइन, जग्गा प्राप्ति, वातावरणीय प्रभाव मुल्याङकन सुनिश्चित भइसकेका र तत्काल ठेक्का सम्झौता हुन सक्ने आयोजनालाई प्राथमिकता दिइ बजेट बिनियोजना गरिने आलेले उल्लेख गरे ।

सहरी र ग्रामिण भुभाग जोड्ने एक भन्दा स्थानीय तहका केन्द्र जोड्ने सडक र प्रादेशीक र सहायक राजमार्गलाई बजेटमा प्राथमिकता दिने, पर्यटकको संख्यामा बृद्धि गर्न कार्यक्रम ल्याउने उल्लेख गरे ।

१२ जेष्ठ २०८०, शुक्रबार २१:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा