Play

ईश्वर गुरुङको १९ औं स्मृति दिवस -गरिव तथा असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति र पुरस्कार

गुरुकुल खबर


घान्द्रकु शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठान, घान्द्रुकद्वारा स्थापित सर्वोकृष्ट छात्रवृत्ति पुरस्कारबाट फुम्र्रोखुँ मा.वि. का छात्रा मनिषा वि.क. सम्मानित भएकी छन् । साविक घान्द्रुक गाविसमा रहेका माध्यामिक विद्यालयबाट २०७८ सालको एसइई परीक्षामा सर्वोकृष्ट अंक (२.४५ जिपिए) प्राप्त गरेवापत उनलाई सो पुरस्कारबाट सम्मान गरिएको हो । पुरस्कारको राशि नगद रु. २५ हजार र प्रशंसापत्र रहेको छ ।

प्रतिष्ठानले विहीबार घान्द्रुकमा आयोजना गरेको शहीद ईश्वरबहादुर गुरुङको १९ औं स्मृति दिवसको सन्दर्भमा आयोजित एक विशेष समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका प्रवक्ता विनाविभागीइ मन्त्री सरस्वती अर्यालय तिवारीले मेधावी छात्रा विकलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

त्यसक्रममा उनले प्रतिष्ठानद्वारा यसैवर्षदेखि गरिव तथा असाहय विद्यार्थीहरुका लागि प्रदान गर्ने छात्रवृत्ति पनि सम्बन्धित विद्यार्थीले हस्तान्तरण गरिन् । छात्रवृत्ति वापत दिलिप कुलङ राईले रु. ११ हजार चार सय, सलिना परियारले २१ हजार चार सय र कमल क्षेत्रीले १० हजार रुपियाँ पाएका छन् ।

त्यस्तै प्रतिष्ठानले दुवै मृगौला फेल भई हाल उपचाररत उरीकी लिना गुरुङलाई स्थानीय समाजसेवी लक्षिन गुरुङमार्फत् नगद रु. ५ हजार रुपियाँ प्रदान गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिवारीले कठिन परिस्थितिमा शिक्षा आर्जनका लागि सहयोग पाएको व्यक्तिले भविष्यमा अरुलाई पनि सहयोग गर्नुपर्ने धारणा राखिन् । उनले घान्द्रुकको पूर्वाधधार विकासका लागि कालोपत्र हुन बाँकी सडकको विकास विस्तार गर्ने आश्वास समेत बाँडेकी छन् । शहीदको रगतले भिजेको माटोमा टेक्न पाउँदा आफूलाई गर्व लागेको बताउँदै उनले लोकतन्त्रको लडाईमा दुःख पाएकाहरुको राज्यबाट उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिइन्।

पूर्वसहायकमन्त्री प्रकाश बहादुर गुरुङले प्रतिष्ठानले शिक्षामा उत्प्रेरणा जगाउन छात्रवृत्ति प्रदान गरेकामा खुशी व्यक्त गरे । उनले घान्द्रुक पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए ।

प्रतिष्ठानका अध्यक्ष कप्तान पदमलाल गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाली काँग्रेस महासमिति सदस्य दिपक गुरुङ, समाजसेवी तिलबहादुर गुरुङ, तमु प्यल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ, प्रतिष्ठानका उपाध्यक्ष सहदेव गुरुङ, सचिव कृष्ण गुरुङ लगायतका वक्ताले शहीद ईश्वर बहादुर गुरुङको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए ।

वि.स. २०६१ साल वैशाख २८ गते तत्कालीन ने.क.पा. माओवादीद्वारा हत्या गरिएका गुरुङलाई केही समयअघि नेपाल सरकारले शहीद घोषणा गरेको थियो । गुरुङको स्मृतिमा उनको परिवारले १० लाख ५५ हजारको अक्षयकोष स्थापना गरी छात्रवृत्ति पुरस्कार सञ्चालन गरिंदै आएको छ ।

पोखरा भ्यूज

२ जेष्ठ २०८०, मंगलवार ०८:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा