Play

चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास असम्भव-केन्द्रीय सदस्य गुरू बराल, नेका

गुरुकुल खबर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरू बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने दाबी गरेका छन् ।

उनले पोखरामा केही दिनअघि आयोजना भएको एउटा कार्यक्रममा यस्तो दाबी गरेका हुन् । राष्ट्रिय एकता अभियान नामक संस्थाले आयोजना गरेको ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचारगोष्ठीमा बोल्दै उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे ।

‘कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने लगायतको काम गरिरहेको छ’, नेता बरालले भने।

उनले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने समेत दोहर्‍याए ।

त्यस्तै गोष्ठीमा सहभागी पूर्वमन्त्री मेखलाल श्रेष्ठले नेपाललाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए ।

उनले भने, ‘चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ, चीनले पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।’

त्यसैगरी समाजसेवी आनन्द राज मुल्मीले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिए। उनले चीनले बीआरआईमार्फत नेपाललाई ऋणको जालोमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाए

‘चीनको विस्तारवादी नीतिलाई रोक्नु पर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन,’ उनले भने ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले पछिल्लो समय नेपालको भू–भाग पनि मिचेको समाचार पत्र पत्रिकामा पढिरहेको बताए । उनले चिनियाँ नागरिक नेपालमा अवैध गतिविधि गरेको देशको सुरक्षा नै खतरामा परेको बताए

कार्यक्रमको सहजीकरण समाजसेवी एवं नेपाली कांग्रेस स्याङजाका पूर्व सभापति बुद्धि रानाले गरेका थिए। हिन्दू स्वेमसेवक संघका व्यवस्था प्रमुख अनिल गुप्ता तथा हरिहरनाथ मुक्तिनाथ यात्राका प्रभारी अनूप कुमार अतिथिको रुपमा उपस्थित रहेका थिए ।

१३ बैशाख २०८०, बुधबार १३:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा