Play

गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

गुरुकुल खबर


पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएनन् ।

शनिबार प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको घोषणा गरे ।

विश्वासको मत प्राप्त होस भन्ने पक्षमा २४ मत र विपक्षमा ३५ मत प्राप्त गर्दै अधिकारीले राखेको विश्वासको मत बहुमतले अस्वीकृत भएको घोषणा गरे ।

सरकार कायम राख्नका लागि ३१ सिट आवश्यक पर्दछ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गरेका थिए । माओवादीले चैत १० गते सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सोही दिनदेखि अल्पमतमा परेका अधिकारीले संविधानको धारा १८८ (२) बमोजिम संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त व्यवस्था अनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मतको लागि प्रस्ताव गर्नुपर्ने उल्लेख छ ।

अधिकारी माओवादी र राप्रपाको समर्थनमा पुस २५ गते मुख्यमन्त्री बनेका थिए । उनले संसदलाई सम्बोधन गर्दै केन्द्रको निर्देशनमा रातारात समर्थन फिर्ता लिँदा प्रदेशप्रति गम्भीर हुन नसकेको आरोप लगाए । गण्डकी प्रदेशमा नेपाली काग्रेसका २७, नेकपा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् ।

९ बैशाख २०८०, शनिबार २०:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा