Play

मन्त्रिपरिषदमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहको आपत्ति, मन्त्रीको नाम नदिने निर्णय

गुरुकुल खबर


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरसमूहले मन्त्रिपरिषदमा कांग्रेसले पाएको कोटा अनुसार आफ्नो समूहलाई सम्मानजनक स्थान नदिएको भन्दै आपत्ति जनाएको छ । उक्त समुहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णयसमेत गरेको छ ।

सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेपछि कोइराला समूहले यसमा असहमति जनाएको हो ।

शुक्रबार बिहान बसेको कोइराला समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

उनले छलफलपश्चात् नेता कोइरालाले आफ्नो समूहले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको जानकारी दिए । कोइराला समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको छ । संस्थापन समूहले भने दुई मन्त्रालय दिने भनेको छ ।

छलफलमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सहभागी थिए । अहिले मन्त्रीको अन्तिम टुंगो लगाउन सभापति देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक जारी छ । बैठकमा शेखर समूहबाट कोही नेता गएका छैनन् । शेखर समूहबाट धनराज गुरुङ र डिगबहादुर लिम्बू मन्त्री बन्ने चर्चा छ ।

१७ चैत्र २०७९, शुक्रबार १२:४९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा