Play

पोखराका सबै जसो क्याम्पसमा स्वबियु चुनाब नहुने करिब निश्चित

गुरुकुल खबर


पोखरा, त्रिभुवन विश्वविद्यालय, संस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा यही चैत्र ५ गते हुने भनिएको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन पोखराका सबै जसो क्याम्पसमा रोकिन पुगेको छ ।
पछिल्लोपटक पोखरा स्थित ईन्जिनियर्गं अध्ययन संस्थानको पश्चिमान्चल क्याम्पसको स्वबियुको निर्वाचन स्थगित गरिएको सुचना जारी गरिएपछि पोखराका सबै जसो क्याम्पसमा निर्वाचन नहुने स्थिति सृजना भएको हो ।
देशमा सबै भन्दा धेरै बिधार्थी रहेको पृथ्वीनारायण केयाम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको नर्सिंग क्याम्पस, बन बिज्ञान अध्ययन संस्थानको पोखरा क्याम्पस र त्रिबिको सम्बन्धन प्राप्त जनप्रिय बहुमुखी क्याम्पसका साथै संस्कृत बिश्वविधालय अन्तर्गतको विन्दवासिनी संस्कृत क्याम्पसमा स्वबियुको निर्वाचन हुने कार्यतिलिका रहेको थियो ।
क्याम्पसहरुमा बिधार्थी संगठनहरुको तालाबन्दी अनि बिभिन्न बहानामा अदालतमा मुद्दा दायर गरिएपछि स्वबियु निर्वाचन कास्की जिल्ला भित्रका क्याम्पसहरुमा करिब रोकिएको अवस्था सृजना भएको छ ।।
ईन्जिनियरिगं क्याम्पसका प्रमुख निर्मल प्रसाद बरालले शुक्रबार एक सुचना जारी गरेर चैत्र ५ गते तोकिएको स्वबियु निर्वाचन क्याम्पसमा उत्पन्न असहज परिस्थितिका कारण त्रिविको अर्को सुचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन । क्याम्पस प्रमुख बरालले क्याम्पसका सबै बिधार्थीहरुलाई सेमेस्टर परिक्षा नजिक आएफोले परिक्षाको तयारीमा लाग्न समेत सुचना मार्फत आग्रह गरेका छन ।
यो सुचना जारी भएसंगै पोखराको ईन्जिनियरिगं क्याम्पसमा नेपाल बिधार्थी संघको आन्तरिक बिवादका कारण लागेको ताला खुल्यो भनेपनि स्वबियु चुनाव भने पूर्णतया रोकिन पुगेको छ ।
यता पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा स्वतन्त्र बिधार्थी समुहको नाममा संगठन दर्ता गरिएकोमा स्वतन्त्र विधार्थी युनियनसंग नाम मिल्न गएकोले त्यो समुह खारेज गर्न माग गर्दै अदालतमा मुद्दा परेको थियो ।
उक्त मुद्दामा अदालतले शुरुमा चैत्र २ गते निर्णय दिने बताएपनि २ गते अदालतबाट कुनै निर्णय आउन नसकेपछि पृथ्वी नारायण क्याम्पसको स्वबियु चुनाव अनिश्चित बनेको हो । सम्भवतः अब चैत्र ५ गतेका दिन पृथ्वीनारायण क्याम्पसमा मतदान हुने सम्भावना करिब करिब समाप्त भएको छ ।
पोखराको नर्सिंग क्याम्पसमा कांग्रेस निकट नेबिसंघ र एमाले अखिल र माओबादी केन्द्रको अखिल मिलेर संयुक्त टिम बनाएर चुनावी प्रतिस्पर्धा अगाडी बढेको थियो’, एमाले सम्बद्ध अनेरास्वबियुको तर्फबाट अध्यक्षको उमेदवार बनेकी अन्जना अधिकारी बेनी जिल्ला अस्पताल र कोषाध्यक्षको उमेदवार बनेकी दीपिका धिताल रुकुम स्थित स्वास्थ्य कार्यलयमा निजामती सेवातर्फ स्थायी नर्सको रुपमा कार्यरत रहेको भन्दै उनिहरुको उमेदवारी खारेज हुनुपर्ने माग सहित उच्च अदालत पोखरामा प्रतिष्पर्धी संगठन नेपाल विघार्थीसंघको तर्फबाट मुद्दा दायर गरिएको थियो
तर अदालतले दुबै पक्षलाई झिकाएर छलफल गर्ने र त्यसपछि मात्र निर्णय दिने आदेश गरेपछि नर्सिंग क्याम्पसमा पनि यही चैत्र ५ गते चुनाब हुने सम्भावना समाप्त भएको छ । अदालतले छिट्टै निर्णय देला र त्यसमा पनि अनेरास्ववियुको अध्यक्ष र कोषाध्यक्षका उमेदवारको उमेदवारी खारेज होला भन्ने आशा गरेकाहरुको लागि मात्र नभएर चुनाब चाहानेहरुले सम्भवत अब अलि पछि हुने चुनावको तयारीमा जुट्नुपर्ने भएको छ ।
यसबाहेक संसकृत क्याम्पसमा अखिल पक्षले ताला लगाएपछि निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ भने बन क्याम्पसमा पनि विभिन्न विधार्थी संगठनको नामबाट तालाबन्दी गरेपछि उमेदवारी दर्ता समेत हुन सकेको छैन ।
त्रिविसंग सम्बन्धन लिएको पोखराको सार्वजनिक क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसमा पनि चैत्र ५ गतेका दिनमा नै स्वबियु चुनाब गर्ने तयारी थियो । चुनावको तयारीको क्रममा संगठन दर्ता गर्ने दिनमानेबिसंघले ताला लगाएको भएपनि केही दिनमा ताला खोलेको थियो ।
पछिल्लो समयमा जनप्रिय बहुमुखी क्याम्पसमा क्रियाशील सबै बिधार्थी संगठनले यथाशिघ्र चुनावी प्रकिया अगाडी बढाउन भन्दै बिज्ञप्ती मार्फत माग गरेको छन छन ।
जसका कारण अव पोखरामा स्वबियु निर्वाचन हुन नसक्ने अवस्था सृजना भएको छ ।

३ चैत्र २०७९, शुक्रबार २३:५८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा