Play

अर्ली मन्टेश्वरीमा मनिपाल अस्पतालको निशुल्क आँखा शिविर

गुरुकुल खबर


पोखरा । मनिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा अर्ली मन्टेश्वरी पोखरामा आँखा शिविर सम्पन्न भएको छ ।

पोखरा–५ मालेपाटनमा रहेको मन्टेश्वरीमा ५६ छात्र र ६५ छात्रा गरि कूल १ सय २१ जना छात्रछात्राले आखाँको स्वास्थ्य परीक्षण गराएका छन् ।

मनिपाल शिक्षण अस्पतालको सामुदायिक कर्तब्य अन्तर्गत मन्टेश्वरीमा आँखा शिविर गरिएको हो ।

अस्पतालको सामुदायिक कर्तब्य अन्तर्गत स्वास्थ्य शिविर गरिएको अस्पतालका सहायक बजार ब्यवस्थापक खिमबहादुर लामिछानेले बताए ।

शिविरमा ५ जना विद्यार्थीको आँखामा जटिल समस्या देखिएपछि अस्पताल रिफर गरिएको लामिछनेले जानकारी दिए ।

अस्पतालले वर्षमा सय स्वास्थ्य क्याप गर्ने लक्ष्य राखेको र सोही अन्तरगत अर्लि मन्टेश्वरीमा सातै आखाँ शिविर सञ्चालन गरिएको उनले बताए ।

मनिपालको आँखा शिविरले बच्चाहरुको आँखाको दीर्घकालीन समस्या हुनबाट जोगाएको मन्टेश्वरीकी पिन्सीपल राधा गौतमले बताइन् ।

 

२ चैत्र २०७९, बिहीबार १२:५९ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा