Play

काँग्रेस पोखरा नगरको विशेष सम्मान कार्यक्रमको तयारी तिब्र

गुरुकुल खबर


पोखरा । नेपाली काँग्रेस पोखरा नगरसमितिले प्रतिनिधि सभा सदस्य तथा गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित सभासदहरुका लागि आयोजना गर्न लागेको विशेष सम्मान कार्यक्रमको तयारी तिब्र पारेको छ ।

आँउदो फागुन २२ गते काँहुँडाडामा आयोजना गर्न लागेको विशेष सम्मान कार्यक्रमको तयारी तिब्र पारिएको सभापति सुरेन्द्रमान विजुक्छेको जानकारी दिए ।

नेपाली कॅाग्रेसका उपसभापति एवम् सभासद धनराज गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिने सभापति विजुक्छेले बताए ।

कार्यक्रममा गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस पार्टी तर्फबाट विजयी सभासदहरुलाई सम्मान गरिने नगर उपसभापति एवम् कार्यक्रम संयोजक प्रयागराज भण्डारीले बताए ।

कार्यक्रम सम्पन्न गर्न भवसागर बराल सह संयोजक रहेको तयारी उपसमिति गठन गरिएको छ भने सदस्यहरुमा टुवराज बाँस्तोला, गणेशबहादुर थापा, धनञ्जय पौडेल, संघर्ष कोइराला, अम्बिका ढुंगाना, प्रिति पाण्डे र रीता गुरुङ रहेकाछन् ।

यसैगरी सचिव टुवराज बाँस्तोला उपसंयोजक रहेको अर्थ संकलन उपसमिति, कार्य सम्पादन समिति सदस्य रीता गुरुङ उपसंयोजक रहेको प्रचारप्रसार र निमन्त्रणा उपसमिति, प्रवक्ता धनञ्जय पौडेल उपसंयोजक रहेको स्थान छनौट, क्याटरिंग तथा मेनु व्यवस्थापन उपसमिति तथा सहसचिव संघर्ष कोइराला र सदस्य प्रिति पाण्डे उपसंयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति पनि गठन गरिएको कार्यक्रम संयोजक भण्डारीले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित संघीय सांसद जीवन परियार, प्रदेश सांसद सरस्वती गुरुङ, विन्दुकुमार थापा, प्रकाश बराल र नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई विशेष सम्मान गरिने प्रवक्ता धनञ्जय पौडेलले जानकारी दिए ।

 

१६ फाल्गुन २०७९, मंगलवार २०:०८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा