Play

प्रतिभा बिजनेस स्कुलमा सूचना प्रविधिमा स्नातक तहको पढाई शुरु, बिधार्थी र शिक्षकलाई अभिमुखीकरण

गुरुकुल खबर


पोखरा, काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित प्रतिभा बिजनेस स्कुलमा सूचना प्रविधिमा स्नातक तह (बीआईटी) को पहिलो शैक्षिक सत्र सुरु भएको छ । प्रतिभा बिजनेस स्कुलले बीआईटी कार्यक्रममार्फत सूचना प्रविधिको क्षेत्रमा दक्ष, सिर्जनशील, व्यावहारिक र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । विश्वविद्यालयसँगको सहकार्यमा संचालन गरन लागिएको उक्त कार्यक्रमलाई प्रविधि, नवप्रवर्तन, उद्यमशीलता र व्यावसायिक विकाससँग जोड्दै अघि बढाउने विद्यालयको योजना रहेको छ ।

यसैबीच ‘बीआईटी यात्रा शुभारम्भ: सिकाइ, नवप्रवर्तन र व्यावसायिक विकास’ भन्ने नारासहित मंगलबार आयोजित एक कार्यक्रममा पहिलो ब्याचका विद्यार्थीहरूलाई स्वागत तथा उनीहरुको लागि अभिमुखीकरण कार्यकर्म सम्पन्न भएको छ । यसैगरी शिक्षक तथा कर्मचारीका लागि प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको बिद्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणका लागि विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताए।  सूचना प्रविधिको क्षेत्रमा अघि बढ्न विद्यार्थीले अनुशासन, निरन्तर सिकाइ र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्नेमा पौडेलले जोड दिए ।

प्राचार्य रविप्रसाद बरालले सूचना प्रविधिको तीव्र विकाससँगै विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक सीप, सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले बीआईटी कार्यक्रम सञ्चालन गरिएको बताए । विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गरी प्रमाणपत्र प्राप्त गर्ने
लक्ष्यमा सीमित नराखी बदलिँदो प्रविधि र रोजगारीको विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो। कार्यक्रममा सूचना प्रविधि विज्ञ डा. विदुर देवकोटा र निर्देशक किरण सापकोटाले विद्यार्थीलाई स्वागत गर्दै बीआईटी अध्ययनका क्रममा अनुशासन, निरन्तर सिकाइ, प्रविधिको सदुपयोग र व्यवसायिक संस्कारलाई प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । विभागीय प्रमुख भावना पौडेलले बीआईटीको पाठ्यक्रम, शैक्षिक प्रणाली, मूल्याङ्कन पद्धति तथा विद्यार्थीले पालना गर्नुपर्ने शैक्षिक अपेक्षाबारे जानकारी दिइन ।  प्राचार्य बरालले ‘डेयर टु ड्रिम, ग्रो, एन्ड लिड’ विषयमा प्रेरणात्मक प्रस्तुति दिँदै विद्यार्थीलाई ठूलो सपना देख्न, निरन्तर सिक्न, चुनौतीको सामना गर्न र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरित गरे ।

अभिमुखीकरणको अन्त्यमा विद्यार्थी आर्जित पौडेलले विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै कार्यक्रम विद्यार्थीकेन्द्रित र उपयोगी रहेकोमा खुसी व्यक्त गरे । शिक्षक तथा कर्मचारीका लागि आयोजित प्रशिक्षणमा डा. विदुर देवकोटाले ‘व्यवसायिक सूचना प्रविधि शिक्षक बन्ने उपाय’ विषयमा प्रशिक्षण दिएका थिए ।  प्राचार्य बरालले ‘शैक्षिक अपेक्षा, भूमिका तथा जिम्मेवारी, विद्यार्थी सहयोग र संस्थागत संस्कृति’ विषयमा बिधार्थी हरुलाई अभिमुखीकरण गराए । भवानी पौडेलले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता सन्देश पौडेलले गरेका थिए ।

१४ आश्विन २०८३, बुधबार १९:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा