पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाईड क्षेत्रमा जुवातास खेल्दै गरेको अबस्थामा शनिबार साँझ ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको साथबाट नेपाली रुपैयाँ २८ हजार ७० र भारतिय रु.२ हजार ५ सय सहित १ सय ५६ पत्ती तास बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्दै गरेका उनीहरुलाई पक्राउ गरिएको थियो ।
उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।















