Play

एक दिनमा नै अदालतको आदेशले हिरासतमुक्त भए ‘मेडिकल ब्यबसायी दुर्गा प्रसाईं’

गुरुकुल खबर


काठमाडौँ, आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरिएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिक मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतको आदेशपछि रिहा गरिएको छ । साेमबार जिल्ला अदालत भक्तपुरले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो। अदालतले हिरासतमा राख्ने अनुमति नदिई उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश गरेको हो।

उनलाई राज्य विरूद्धको कसुरसहितका ३ वटा मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले ७ दिनको म्याद मागेको थियो । तर, अदालते उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। अदालतबाट म्याद प्राप्त नभए पनि प्रसाईं विरुद्धको अनुसन्धान जारी रहने भक्तपुरका एसपी सूर्य खड्काले बताएका छन । प्रहरीले उनीविरूद्ध राज्यविरुद्धको कसुर अन्तर्गतको सार्वभौमसत्ता वा अखण्डतामा खलल पार्न सक्ने गरी गतिविधि गरेको, सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको र विद्युतीय कारोबार सम्बन्धी ऐन विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ । गत वर्ष जेनजी प्रदर्शन भन्दा अगाडी उनले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसबेला दुई जनाको मृत्यु भएको थियो । यसअघि गत जेठ ४  गते पनि प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो ।

त्यसबेला प्रहरीले उनलाई सामाजिक सञ्जालमा अपशब्द बोलेको कसुरमा मुद्दा चलाएको थियो । पक्राउ पर्नु अगाडी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको बताएका थिए । उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए । उनले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप समेत लगाएका थिए ।

प्रसाईंले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रस्ट पारे। उनले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली नै आफूहरूको मुख्य एजेण्डा भएको दोहोर्‍याए। प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्नेसम्मको चेतावनी दिएका थिए । प्रसाईंले नेपालका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, र नागरिकहरूलाई देशको अस्तित्व जोगाउन र हिन्दु राष्ट्र पुनर्बहालीका लागि एकै ठाउँमा उभिन अपिल गरेका छन्।

गैरकानुनी रूपमा थुनामा राखेको भन्दै प्रसाईंको रिहाइको माग गर्दै साेमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको थियो। प्रसाईंपत्नी उमाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको कारण उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न निर्देशन दिईएको हो। यस अगाडी पनि पटक पटक उनलाई सरकारको निर्देशनमा पक्राउ गर्ने र अदालतको आदेशले छोड्ने शृंखला चलिरहेको छ ।

१८ श्रावण २०८३, सोमबार २३:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा