Play

मानव सेवा आश्रमले पोखरामा गरेको महायज्ञबाट ३ करोड बढी बचत, बिभिन्न भौतिक कामलाई पूर्णता दिईने

२०६९ भदौमा स्थापना भएको मानव सेवा आश्रम हाल २३ जिल्लाका ६४ सेवा केन्द्रमा बिस्तार


गुरुकुल खबर


पोखरा, मानवसेवा आश्रमले पोखरा महानगरपालिका – २५ हेमजामा गत बैशाख १९ देखि २६ गतेसम्म आयोजना गरेको श्रीमद्भागवत् सप्ताह, पितृउद्वार ज्ञानविज्ञान महायज्ञबाट ३ करोड ४ लाख ५९ हजार १ सय ८४ रुपैयाँ बचत भएको सार्बजनिक गरिएको छ । मानव सेवा आश्रमको  हेमजामा रहेको शाखाको भौतिक पूर्वाधार तथा सेवा विस्तारको लागि आयोजना गरिएको महायज्ञमा ३ करोड ८१ लाख ७१ हजार ७ सय ७१ रुपैयाँ दान संकलन भएकोमा ७७ लाख १२ हजार ५ सय ८७ रुपैयाँ खर्च  भएको कारण ३ करोड ४ लाख बचत भएको महायज्ञका मुल संयोजक अनिलकुमार शाहीले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।

महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्न सोमबार आयोजना गरिएको कार्यक्रममा दिईएको जानकारी अनुसार आश्रमको मुल भवनलाई पूर्णता दिन, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण पुरा गर्न, आश्रमको अक्षयकोष वृद्धि गरी दीगो सेवा सुनिश्चित गर्न एबम अन्य बिभिन्न उद्देश्यले गत वैशाख १९ गतेदेखि २६ गतेसम्म हेमजामा महायज्ञ गरिएको थियो २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडाबाट सेवा सुरु गरेको आश्रमले अहिले २३ जिल्लामा ३४ वटा सेवा केन्द्र सञ्चालन गरेको छ ।

महायज्ञका मूल संयोजक शाहीले पितृ मोक्ष तथा शान्तिको अभीष्टसहित सञ्चालन गरिएको महायज्ञका लागि नगद, चेक, क्यूआर कोड सहित अनलाइन माध्यमबाट प्राप्त दान, व्यक्ति तथा संस्थागत प्रतिबद्धता, स्थानीय तह, जिन्सी सहयोग, दान पेटिका गोप्यदानबाट प्राप्त सहयोगलाई अभिलेखीकरण गरिएको बताए । महायज्ञ अवधिभर भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले निशुल्क रुपमा कथा वाचन गरेका थिए ।

महायज्ञ सञ्चालनको क्रममा खाधान्न, प्रचार प्रसार, कलाकार तथा पण्डित, विद्युत, पूजा, स्वागत सत्कार, यातायात, टेन्ट तथा साउण्ड सिस्टम लगायतका शीर्षकमा रकम खर्च भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष मीना कुँवरले जानकारी दिइन् । कुँवरले आश्रमको मुल भवनलाई पूर्णता दिन १ करोड ४२ लाख, ८२ हजार ७सय ६० रुपैयाँ, आश्रमको अक्षयकोष श्रीवृद्धिको लागि ४९ लाख ७३ हजार ५ सय ८६ रुपैयाँ दान संकलन भएको बताइन ।

यसैगरी मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्नताका लागि २१ लाख १८ हजार ८सय २१ रुपैयाँ, जिन्सी सामाग्रीहरुको मुल्यांकनमा ७ लाख ८१ हजार ३ सय ९५ रुपैयाँ, दान पेटिकाबाट प्राप्त ४ लाख २२ हजार ५सय ७३ रुपैयाँ, महायज्ञ व्यवस्थापनको लागि १२ लाख ५१ हजार ३सय २५ रुपैयाँ र लक्ष्मीनारायण मन्दिरको लागि २ लाख ७५ हजार २ सय ४३ रुपैयाँ दान संकलन भएको कोषाध्यक्ष कुँवरले बताइन् ।

आश्रमका संस्थापक अध्यक्ष तथा परिकल्पनाकार रामजी अधिकारीले परोपकारी तथा मानवीय संस्था आश्रमले सन २०८३सम्ममा सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल निर्माणको संकल्प अगाडि सारेको जानकारी दिए । उनले सडकमा वेवारिसे व्यक्ति रहन नदिने आँफुहरुको परिकल्पनालाई गण्डकी प्रदेश सरकारको साथ पाएको बताए । उनले ८० प्रतिशत काम सम्पन्न भएको मुल भवनको निर्माण कार्य यस बर्षसम्ममा पुरा हुने बिश्वास व्यक्त गरे ।

मानव सेवा आश्रमको हेमजा शाखामा १ सय ६० र छोरेपाटन शाखामा १ सय जना आश्रितको संरक्षण, भोजन, स्वास्थ्य सेवा लगायत अन्य व्यवस्थापनको लागि मासिक १९ लाख खर्च हुदै आएको बुझिएको छ । कार्यक्रममा महायज्ञ मुल समारोह समितिका उपसंयोजक सुष्मा पौडेल, सचिव पदमबहादुर केसीले पनि आआफ्नो भनाई राखेका थिए ।

१८ श्रावण २०८३, सोमबार २१:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा