Play

डिभिजन बन कार्यालय कास्कीको सहयोगले नमुना बन्दै ‘तिब्रेकोट सामुदायिक बन समूह’

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका- २५ हेमजाको तिब्रेकोट सामुदायिक बन उपभोक्ता समूहको बार्षिक प्रगति समिक्षा एबम भावी रणनीति सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन र भावी रणनीतिक योजनाको बारेमा संस्थाका उपाध्यक्ष कृष्ण बहादुर कुँवर क्षेत्रीले जानकारी गराएका थिए । २०५९ सालमा स्थापना भएको वन उपभोक्त समूहमा हाल २ सय ५७ जना सदस्यहरु आबद्ध छन।

तिब्रेकोट सामुदायिक बन उपभोक्ता समूहको आयोजना र डिभिजन वन कार्यलय कास्की, सामुदायिक वन उपभोक्त महासंघ कास्की र सबडिभिजन वन कार्यलय पोखराको सहयोग तथा समन्वयमा भएको उक्त कार्यक्रममा बोल्दै डिभिजन वन कार्यलय कास्कीका प्रमुख कोमलराज काफ्लेले तिब्रेकोट सामुदायिक बन उपभोक्ता समूह कास्की जिल्लामा एउटा नमुना बन समूह भएको बताए ।

उनले सामुदायिक वनले स्थानिय विपन्न बर्गलाई सहयोग पुग्ने गरि काम गर्न आग्रह गर्दै डिभिजन वन कार्यलय कास्कीको बिषेश चासो र सक्रियताले तिब्रेकोट बन समुह नमुना बन्न पुगेको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सामुदायिक वन केवल हरियाली संरक्षणमा मात्र सीमित नरही स्थानीय समुदायको आर्थिक, सामाजिक तथा वातावरणीय समृद्धिसँग जोडिनुपर्ने धारणा राखे। वनमा आधारित उद्यम, जैविक विविधताको संरक्षण, वनजन्य उत्पादनको मूल्य अभिवृद्धि तथा वन डढेलो नियन्त्रणमा उपभोक्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।

सबडिभिजन वन कार्यलय पोखराका बन अधिकृत प्रतिक्षा पनेरुले तिब्रेकोट सामुदायिक बन उपभोक्ता समूहसगँ सहकार्य गर्न तयार रहेको बताइन।  तिब्रेकोट सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष विशालजङ कुँवरले बनको संरक्षण र झाडि सफा गरेपछि बन्ने जैविक मल कृषक समूह माझ पुर्याउने उद्धेश्य अनुरुप काम भैरहेको बताए ।

१८ श्रावण २०८३, सोमबार २०:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा