पोखरा, पोखरा क्षेत्रका उधोगी ब्यबसायीहरुको छाता संस्थाको रुपमा रहेको पोखरा उधोग बाणिज्य संघको आसन्न महाधिबेशनबाट संघको नेतृत्व लिन तथा कार्यसमितिको बिभिन्न पदमा पुग्न ईच्छुक ब्यबसायीहरुले सामाजिक संजालबाट आंफ्नो चाहना व्यक्त गर्न थालेका छन। केहि बर्ष अगाडिका महाधिबेशनमा उधोगी ब्यबसायीहरु छुट्टाछुट्टै समुहमा बाँडिएर मतदाता ब्यबसायीको घर दैलोमा पुग्ने गर्थे तर यसपटक अधिकांश ब्यबसायीहरुले व्यक्तिगत रुपमा नै चुनाबी अभियान आआफ्नो सामाजिक संजालबाट शुरु गरेका छन।
बिगतमा कसले कुन पदमा उमेदवारी दिने भन्ने कुरा प्यानल निर्माणपछि मात्र सार्बजनिक हुने गरेकोमा यस पटक भने इच्छुक उमेदवारहरुले आंफ्नो सामाजिक संजालबाट व्यक्तिगत प्रचारमा जोड दिएका छन। यस पटक अध्यक्ष पदमा धेरैजनाले उमेदवार बन्ने चाहना गरेको भएपनि हालसम्म तीनजनाले मात्र अध्यक्ष पदमा उमेदवार बन्ने कुरा सामाजिक संजालबाट सार्बजनिक गरेका छन। यसबाहेक कार्यसमितिको पदाधिकारी एबम सदस्यको लागि पनि केहिले फेसबुकबाट नै उमेदवारी सार्बजनिक गरेको र त्यसमध्ये केहि अहिलेको कार्यसमितिको विभिन्न पदमा रहेकाहरु छन भने केहि संघका नयाँ सदस्यहरु छन।
अध्यक्ष पदमा बुद्दाचार्य, आचार्य र गौतमको उमेदवारी करिब निश्चित
पोखरा उधोग बाणिज्य संघको अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्दचार्य, उपाध्यक्ष बलराम आचार्य र महासचिब शोभा गौतम गरि तीनजनाले उमेदवारी घोषणा गरेका छन। उनीहरु तिनै जनाले आंफ्नो आफ्नो सामाजिक संजाल फेसबुकबाट उमेदवारी घोषणा गरिसकेका छन। यस अगाडी पोखराका ब्यबसायीहरुमध्ये संघका पुर्व महासचिव अर्जुन पोखरेल, पुर्व कार्यसमिति सदस्य नारायण शर्मा र पुर्व उपाध्यक्ष माइकल कर्माचार्य समेत उमेदवार बन्ने चर्चा थियो।
उनीहरुमध्ये पोखरेल केहि महिना अगाडी क्यानाडा गएको र केहि दिन भित्र पोखरा आउने बताइएको छ। पोखरेलले आँफु निकटका केहि ब्यबसायीलाई सम्पर्क गरी यसपटक पनि आँफु अध्यक्ष पदमा चुनाब लड्ने कुरा बताउंदै आएको बुझिएको छ। अघिल्लो महाधिबेशनमा प्यानल नै बनाएर चुनाबी अभियानमा जुटेका पोखरेलको प्यानलमा रहेका सबैजसो पदाधिकारीहरु निर्बिरोध निर्बाचित भएको भएपनि अध्यक्षका उमेदवार पोखरेल भने प्यानल नै नबनाई चुनाबी मैदानमा उत्रिएका गोकर्ण कार्कीसंग पराजित भएका थिए ।
कार्की नेपाल उधोग बाणिज्य महासंघको कार्यसमितिको सदस्यमा मनोनित भएको पोखरा उधोग बाणिज्य संघको नेतृत्वमा नदोहोरिने निश्चित छ। यसबाहेक माइकल कर्माचार्यले पनि आँफु उमेदवार नबन्ने अभिव्यक्ति आंफ्नो साथीहरुमाझ दिंदै आएको र नारायण शर्माले केहि साता अघिसम्म संघको अध्यक्ष बन्ने चाहना राख्ने गरेको भएपनि हाल उनि पनि मौन देखिएका छन।
सबैभन्दा पहिले अध्यक्ष पदको उमेदवारी घोषणा गरेकी शोभा गौतमले मतदाताहरुसंगको भेटघाटलाई तिब्र पारेको बताएकी छन भने बलराम आचार्यले पनि संघका अग्रज एबम पुर्व अध्यक्षहरुसंग भेटघाट गर्दै प्यानल निर्माणको कसरत गरेको बताएका छन। यसैगरी अर्का आकांक्षी उत्तममान बुद्धाचार्यले पनि आन्तरिक रुपमा प्यानल बनाउने कसरत गरिरहेको बुझिएको छ।

यसरि हेर्दा संघको अध्यक्षमा गौतम, आचार्य र बुद्धाचार्यको बिचमा प्रतिष्पर्धा हुने जस्तो देखिएपनि केहि पुर्व अध्यक्षहरु सम्भव भएसम्म सहमति कायम गर्ने र त्यसो हुन नसकेमा दुईजनाको बिचमा मात्र प्रतिष्पर्धा गर्ने बाताबरण तयार गर्न जुटेको देखिन्छ। उनीहरुलाई मिलाउने क्रममा तीनजना अध्यक्षका आकांक्षीहरु मध्ये कुनै एकजनालाई बरिष्ठ उपाध्यक्षमा बस्ने बाताबरण तयार गर्न संघका केहि पुर्व अध्यक्षहरुले प्रयास गरेकोले पनि अध्यक्षका उमेदवारहरुले प्यानल घोषणा गर्न नसकेको बुझिएको छ।
पदाधिकारीका उमेदवार मिलेर प्यानल बनाउने र बलियो देखिने अध्यक्षसंग पछि जोडिने रणनीति
यसपटक अध्यक्षले प्यानल घोषणा गर्नुको साटो संघमा आँफुलाई प्रभावशाली सम्झिने केहि पदाधिकारीहरु आँफुआँफु मिलेर उमेदवारी दर्ता गर्ने र त्यसपछि बलियो देखिने अध्यक्षको प्यानलमा जोडिने रणनीतिमा लागेको छन। यस्तो रणनीति बनाउनेहरु यसपटक पदाधिकारीमा उमेदवारी दिनेमध्येका केहि रहेको बुझिएको छ।
यसपटक कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिनेश बाँस्तोला र उधोगतर्फको उपाध्यक्षमा ललित कुँवर, बाणिज्य तर्फको उपाध्यक्षमा मनोज श्रेष्ठ, महासचिबमा सुदिप प्रधानांग र कोषाध्यक्षमा देबेन्सन प्रजुले उमेदवारी दिने करिब निश्चित जस्तै छ। उनीहरुले आंफुले उमेदवारी दिने पदमा प्रतिष्पर्धी नआउने र निर्बिरोध बन्ने आशा गरिरहेको अबस्थामा सबैजसो पदमा प्रतिष्पर्धी आउने सम्भावना समेत बढ्दै गएको देखिएको छ।
को को छन पोउबासंघको कार्यसमितिको पदाधिकारी र सदस्यका आकांक्षी ?
पोखरा उधोग बाणिज्य संघ पोखराका ब्यबसायीहरुको साझा र पोखराको जेठो संस्था भएपनि पछिल्लो समय संघको कार्यसमितिमा कांग्रेस समर्थक ब्यबसायीहरुको मात्र बाहुल्यता देखिने गरेकोले यसपटक राजनीतिक रुपमा पनि समाबेशी बनाउने प्रयासमा समेत केहि पुर्व अध्यक्षहरु लागेको बुझिएको छ। सोही अनुरुप प्यानल बनाउनुपर्ने अबस्था आएमा संघको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सोभित पौडेल, उपाध्यक्षमा रामेश्वर अधिकारी र टिकाराम सुबेदी, महासचिबमा तारानाथ ढुंगाना, बालकृष्ण कोइरालाको साथै कोषाध्यक्षमा जिबन प्रकाश श्रेष्ठको पनि उमेदवारी पर्ने सम्भावना बढेको छ। यसैगरी संघको उपमहासचिबमा भिम गौतम, प्रदिप राजभण्डारी र रामचन्द्र तिमिल्सिनाले उमेदवारी दिने भएको बुझिएको छ ।
यसका साथै कार्यसमितिको सदस्य पदका लागि पृथ्वीराज तिमिल्सिना, मनोहरी पौडेल, दुधमान गुरुङ, यादव प्रसाद पोखरेल, दुर्गा बराल, सूर्यराज घिमिरे, एकनारायण गौतम, नबिन नापित, अमृत पोखरेल, प्रेम सुबेदी सुरेश घिमिरे लगायतको उमेदवारी पर्ने अनुमान गरिएको छ। कार्यसमितिको सदस्य पदमा अन्य नयाँ अनुहार पनि आउने सम्भावना रहेको छ । सदस्य पदमा उमेदवारी दिने मध्ये केहिले प्यानल मिलेमा पदाधिकारीमा चुनाब लड्ने चाहना राखेका छन भने पदाधिकारीमा चुनाब लड्ने भनेर प्रचारमा जुट्नेमध्ये केहि सदस्य पदमै उमेदवार बन्न सक्ने अबस्था समेत रहेको छ।
केहि पुर्व अध्यक्षहरुको मिलाउने प्रयास: आकांक्षीहरु बाट नै चुनौती
संघको निर्बाचनको माहोल बढ्दै गएपछि र सार्बजनिक रुपमा उमेदवारको संख्या थपिंदै गएपछि संघका केहि पुर्व अध्यक्षहरुले अध्यक्षका तीनजना आकांक्षीहरुलाई एकैठाउँमा बोलाएर मिलेर जान सुझाब दिएका थिए। संघका पुर्व अध्यक्षहरुमध्ये बैठकमा सहभागी अधिकांशले अध्यक्ष पदमा सकेसम्म मिलाउनुपर्ने र अघिल्लो सहमति प्रति बिशेष चासो राखेको बुझिएको छ। उनीहरुले अघिल्लो पटक भएको सहमतिलाई आधार बनाएर चुनाबी प्रक्रियामा अगाडी बढ्न अध्यक्षका आकांक्षीहरुलाई आग्रह गरेका थिए ।
यस अगाडिको अधिबेशनमा अर्जुन पोखरेलको प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदमा उत्तममान बुद्धाचार्य र बलराम आचार्य दुबैको दाबि रहेको थियो। त्यसपछि पुर्व अध्यक्षहरुको रोहबरमा भएको सहमति अनुसार बरिष्ठ उपाध्यक्षमा बुद्दाचार्यले र उपाध्यक्षमा उपाध्यक्षमा आचार्यले उमेदवारी दिने तर अर्को पटक अध्यक्ष पदमा आचार्यले उमेदवारी दिने र बुद्धाचार्यले बरिष्ठ उपाध्यक्ष पदमा नै दोहोरिने गरि सहमति गरिएको बताइन्छ ।
उक्त सहमतिलाई आधार मान्ने हो भने यसपटक बुद्धाचार्यले अध्यक्ष पदमा नभएर बरिष्ठ उपाध्यक्षमा नै उमेदवारी दिनुपर्ने हुन्छ। तर, बुद्धाचार्यले भने अघिल्लो पटक अध्यक्षका उमेदवार पोख्रेल पराजित भएको कारण तत्कालिन अबस्थामा गरिएको सहमतिको औचित्य सकिएको उक्त बैठकमा दाबि गरेको थिए।
केहि दिन अगाडी संघका पुर्व अध्यक्षहरुको रोहवरमा बोलाइएको उक्त बैठकमा पुर्व सहमति अनुसार अगाडी बढ्न अध्यक्षका आकांक्षी हरुलाई आग्रह गरिएकोमा तिनै जनाले आँफु अध्यक्ष पद बाहेक अन्य पदको उमेदवार नबन्ने दृढता प्रकट गरेको बताइन्छ।
त्यस बैठकमा आचार्यले पुर्व सहमति अनुसार आँफु अगाडी बढ्न तयार रहेको बताएपनि बुद्धाचार्यले भने अघिल्लो पटक प्यानलबाट अध्यक्षको उमेदवार अर्जुन पोखरेलले चुनाब जित्न नसकेको कारण पुरानो सहमतिको औचित्य सकिएको दाबि गरेका थिए।
यसैगरी अध्यक्षका अर्का आकांक्षी शोभा गौतमले आँफु प्रचार प्रसारको क्रममा धेरै अगाडी बढेको कारण अन्य पदमा उमेदवार नबन्ने र अध्यक्ष पदमा नै उमेदवारी दिने बताएको श्रोतले जनाएको छ।
उक्त बैठकमा संघका पुर्व अध्यक्षहरु बसन्त उदास, दिपक श्रेष्ठ, कृष्णमोहन श्रेष्ठ, बिन्दु थापा, सन्जिबबहादुर कोइराला, दामु अधिकारी, नारायण कोइराला, पवन प्रजापती लगायत सहभागि थिएउक्त बैठकमा संघका पुर्व अध्यक्षहरु बसन्त उदास, दिपक श्रेष्ठ, कृष्णमोहन श्रेष्ठ, बिन्दु थापा, सन्जिबबहादुर कोइराला, दामु अधिकारी, नारायण कोइराला, पवन प्रजापती लगायत सहभागि थिए।
पुर्व अध्यक्षहरु आनन्दराज मुल्मी, अशोक पालिखे र विश्वशंकर पालिखे भने बैठकमा नगएको बुझिएको छ। अर्का पुर्व अध्यक्ष राजेन्द्र कुमार लालचन मुस्तांग रहेकोले बैठकमा नपुगेको र अमेरिकाबाट केहि समय अगाडी नेपाल आएका मानकाजी माकाजु पनि बैठकमा नगएको बुझिएको छ ।
अध्यक्षका सबै आकांक्षीहरुले पुर्व अध्यक्षहरुले गरेको प्रस्ताबलाई स्वीकार नगरेपछि सहमति कायम गर्ने कुरा र प्यानल बनाउने कुरामा समेत चुनौती थपिएको छ। तीनजनाको बिचमा कुनै सहमती बन्न नसक्ने अबस्था देखेपछी ४/५ जना पदाधिकारीका आकांक्षीहरुले आंफ्नो ढंगले प्यानल बनाउने तयारी गरेको बुझिएको छ । उनीहरुले अध्यक्षमा कसलाई समर्थान गर्ने वा कसको नेतृत्वमा प्यानल बनाउने भन्ने कुराको निर्णय गर्न अझै केहि दिन लाग्ने देखिएको छ। संघको अधिबेशनमा उमेदवारी दिनेको नामावली हेरेपछि मात्र कसलाई प्यानलको टाउकोमा राख्ने भन्ने निर्णय गर्ने तयारीमा पदाधिकारीका केहि उमेदवार देखिएका छन ।
पोखरा उबासंघको अधिबेशन आगामी भदौ २० र २१ गते पोखरामा हुँदैछ। अधिबेशनले संघको अध्यक्ष सहित नयाँ कार्यसमिति निर्बाचित गर्नुको साथै संघले गरेका काम र भविष्यमा गर्नुपर्ने कामको बारेमा समेत छलफल गर्ने छ यसका साथ मुलुकको समसामयिक अबस्था र निजि क्षेत्रमाथि थपिंदै गएको चुनौतीको बारेमा पनि अधिबेशनमा छलफल हुने छ ।














