Play

समृद्धि लायन्स क्लबको सप्ताहव्यापी कार्यक्रम: मानवीय सेवा र स्वास्थ्य सचेतनादेखि विभिन्न सहयोगसम्म

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखरा समृद्धिको लायन बर्ष २०२६/२७ को लागि निर्बाचित नयाँ कार्यसमितिले आंफ्नो पदस्थापनसंगै बिभिन्न रचनात्मक कामहरु अगाडी बढाएको छ। कास्कीको मादी गाउँपालिकाको याम्जाकोटमा आयोजित कार्यक्रमबाट नयाँ समितिले पद बहाली गरे लगत्तै क्लबले सप्ताहव्यापी रुपमा बिबिध पोखरा बजार क्षेत्रमा बिभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको हो।

पोखरामा रहेका दर्जनौं क्लबहरुको तुलनामा आंफ्नो क्लबले बिभिन्न क्षेत्रलाई समेट्ने गरेर सप्ताहब्यापी कार्यक्रम अन्तर्गत हरेक दिन बिभिन्न कार्यक्रम गरेको क्लबले जनाएको छ। ‘हामि सेवा गर्छौं’ भन्ने नारा बोकेको लायन्सले सेवासंग सम्बन्धित कामहरुलाई नै प्राथमिकता दिएको क्लबकी अध्यक्ष सिमा कोइरालाले गुरुकुल खबरलाई जानकारी दिईन ।

सोहि अनुरुप क्लबले जुलाई १ देखि ७ गतेसम्म सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिभिन्न काम गरेको बुझिएको छ । सप्ताहव्यापी कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको साथै डिष्ट्रिकका पदाधिकारी एबम अन्य क्षेत्रबाट समेत प्रत्यक्ष एबम अप्रत्यक्ष सहयोग पुगेको क्लबकी अध्यक्ष सिमा कोइरालाको भनाइ छ।

कोइरालाले दिएको जानकारी अनुसार क्लबले असार १७ गते पोखराको हेम्जास्थित मानवसेवा आश्रमको परिसरमा वृक्षरोपण गरेको थियो।कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी र लायन्स डिष्ट्रिकका पुर्व गभर्नर दुर्गाप्रसाद हुमागाईं लगायत डिष्ट्रिक र क्लबका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

सोही अबसरमा मानव सेवाआश्रममा रहेका बृद्ध एबम अशक्तहरुलाई क्लबको तर्फबाट भोजन पनि गराईएको थियो। कार्यक्रमममा क्लबका सदस्य एबम अन्य बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको क्लबकी सचिब सुमित्रा बाँस्तोलाले जानकारी दिईन ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा रहेको अटिजम केयर सोसाइटी गण्डकीमा क्लबको तर्फबाट स्टेशनरी सामग्री पनि हस्तान्तरण  गरिएको छ।  क्लबका अध्यक्ष सिमा कोइरालाको अध्यक्षता र डिष्ट्रिक्ट चिफ एक्जुकेटिभ डाइरेक्टर चेतन कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा राधिका थापा, क्लबका पूर्ब अध्यक्ष शाल्वी बास्तोला, शान्ति श्रेष्ठ, गण्डकी एरिया कलस्टर चिफ भिमप्रसाद सूबेदी, अटीजम केयर गण्डकीका संचालक समितिका अध्यक्ष मुकुन्द लम्साल, निर्देशक पर्बती श्रेष्ठ लगायत सहभागी थिए ।

यसैगरी क्लबले पोखरा -४ गैरापाटनस्थित नबिन माध्यामिक बिधालयमा दुईवटा स्पिकर सहयोग गरेको छ। क्लबका अध्यक्ष सिमा कोइरालाको अध्यक्षता र ग्लोबल सर्भिस टिमकी राधिका थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विधालयका प्रअ शिरोमणी लामिछानेलाई स्पिकर हस्तान्तरण गरिएको उक्त कार्यक्रममा सोही बिधालयको ब्यबस्थापन समितिका सदस्य गोमा कोइराला सुबेदीको साथै लायन्स लिडरहरु समेत सहभागी थिए।


सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पोखरा -४ रामकृष्णटोल स्थित गोपालजी मन्दिर परिसरको सरसफाई गरिएको थियो।  क्लबका पुर्व अध्यक्ष कुश्मा राना संयोजक रहेको उक्त कार्यक्रममा पोखरा- ४ का वडा सदस्य एबम लायन्स क्लब अफ पोखरा समृद्धिका संस्थापक सदस्य पार्वती माकाजु, क्लबका पूर्व अध्यक्ष राधिका थापा, जिल्ला सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष एबम क्लबका संस्थापक सदस्य सावित्रा कोइराला लगायत कार्यक्रममा सहभागी थिए।

उक्त कार्यक्रममा गोपालजी मन्दिर सेवा समितिका अध्यक्ष रमेश लिगल, कोषाध्यक्ष महेन्द्र लिगल, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष भवानी माकाजु, कोषाध्यक्ष मनलक्ष्मी कार्की, सहसचिब इशा होना, पूर्व सचिव रोजिना कुंवर तथा सदस्यह इन्द्रा श्रेष्ठ, मनु श्रेष्ठ, रोशनी लिगल, ममता गुरुगं लगायतले मन्दिर परिसरको सबै क्षेत्रमा सरसफाई गरेका थिए।

यसैगरी क्लबले सप्ताहब्यापी कार्यक्रम अन्तर्गत लायन्स चिफ एड्भाइजर मिनराज काफ्लेको प्रमुख आतिथ्यतामा स्वास्थ्य सचेतना कार्यक्रम सम्पना गरेको छ।मणिपाल अस्पतालमा कार्यरत दिर्घ दुखाई तथा नशा रोग सम्बन्धि बिशेषज्ञ डा.कृष्णमुरारी अधिकारीले सहभागीहरुलाई स्वास्थ्य सचेतना सम्बन्धि जानकारी र परामर्श दिएका थिए ।

कार्यक्रममा पोखरा -४ का वडासदस्य पार्वती माकाजु, टोल बिकास सस्थाका अध्यक्ष भवानी माकाजु, नमूना महिला समूहका अध्यक्ष प्रेम कुमारी पराज़ुली,पूर्ब अध्यक्ष गोमा कोइराला सूबेदी सहित लायन्सका लिडरहरु सहभागी थिए ।

क्लबले पोखरा महानगरपालिका – १४ स्थित बात्सायन बृद्धआश्रममा रहेका बृद्धवृद्धाहरुलाई सरसफाई गरिदिने र उनीहरुको लागि खाजा र खाधान्नका सामग्री समेत हस्तान्तरण गरेको छ ।  लायन्स डिष्ट्रिकका महेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लस्टर चिफ भीम प्रसाद सूबेदी लगायत सहभागी थिए।

यसैगरीआश्रमका गुरु युबराज वाग्ले, कार्यक्रम संयोजक एबम क्लबका कोषाध्यक्ष मनालक्ष्मी कार्की, सह सचिब ईशा होना लगायतको सहभागिता रहेको थियो कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष सिमा कोइरालाले गरेकी थिईन ।

३१ असार २०८३, बुधबार ११:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा