Play

गृहमन्त्री गुरुङको पदबहाली : दरबार हत्याकाण्डको अनुसन्धान गर्ने सहित बिभिन्न चारवटा निर्णय

गुरुकुल खबर


पोखरा, नवनियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने सहित चारवटा बिभिन्न निर्णय गरेका छन् । गृहमन्त्रीका रुपमा मंगलवार साँझ पदभार ग्रहण गरेपछि उनले चारवटा निर्णय गरेको बुझिएको छ । जस अनुसार पहिलो नम्बरमा जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा दर्ता भएको मुद्दा फिर्ता लिन सकिने वा नसकिने सन्दर्भमा अध्ययन गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरिएको छ ।

दोश्रो निर्णयमा २०५८ जेठ १९ मा भएको दरबार हत्यकाण्डको अनुसन्धान गर्ने उल्लेख छ उक्त घटनामा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाहलगायतको हत्या भएको थियो । राजा वीरेन्द्रको पूरै परिवारको हत्या भएपछि उनका भाइ ज्ञानेन्द्र शाहले राजा भएर मुलुकको शासन सत्ता हातमा  भएका थिए ।

यसैगरी तेस्रो निर्णयमा गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सुक्ष्म निगरानी गरी कारबाही गर्न स्रुक्षा निकायमा सेन्सेटिभ इन्फरमेसन भिजिलेन्स टिम (एसआईभीटी) गठन गर्ने भन्ने रहेको छ। यसैगरी चौथो निर्णयमा नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने र हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइललाई शीघ्र फाइललाई टुंग्याउन निर्देशन दिने’ उल्लेख छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराधलगायत गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न प्रकृति अनुसार विशिष्टकृत समूह गठन गर्नेसमेत निर्णय गरिएको जानकारी गराउंदै गृहमन्त्री गुरुङले आफू गृहमन्त्री बनेपछि धेरै जना खुशी भएको र त्यसैगरी धेरैजना दुःखी भएको हुनसक्ने बताए ।

२६ जेष्ठ २०८३, मंगलवार २१:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा