पोखरा, नेपाली काँग्रेसको बिशेष महाधिबेशनबता गगन थापा नेतृत्वमा नेपाली काँग्रेसको केन्द्रीय समिति बनेर १५ औं महाधिबेशनको मिति तोक्नेदेखि पार्टीका अन्य गतिबिधिहरु समेत नियमित रुपमा संचालन गरिरहेको भएपनि कांग्रेसमा जारी बिबादका कारण गुटगत भेलाहरु नियमित र निरन्तर जस्तै चलिरहेका छन। पार्टीमा १४ औं महाधिबेशनबाट बनेको समितिका निबर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अगुवाईमा देउवा पक्षिय नेताहरुको भेला भैरहंदा अर्का नेता डा. शेखर कोइरालाले पनि आंफ्नो समुहको छुट्टै भेला बोलाएका छन। यसले गगन थापा नेतृत्वको कार्यसमितिले पछिल्लो पटक संचालन गरेको जरा अभियान देखि महाधिबेशन पनि प्रभावित बन्ने सम्भावना बढेको छ।
हुन त, कांग्रेस सभापति गगन कुमार थापाले सर्वोच्च अदालतले बिशेष महाधिबेशनबाट बनेको समितिलाई आधिकारिकता दिने निर्णय गरेपछि सभापति थापाले आँफु लचक भएर पार्टी एकताको लागि सबैसब्ग सम्बाद गर्ने जनाएका थिए। यस क्रममा उनले बैशाख ६ गते नेता पूर्णबहादुर खड्कालाई उनकै निवासमा भेटेर पार्टीलाई एकढिक्का बनाएर महाधिबेशनमा लाग्नुपर्ने आबश्यकता औंल्याएको थिए । यसका लागि आँफुले आबश्यक पहल गर्ने थापाको भनाई थियो ।
थापा र खड्काको त्यो भेटपछि खड्काले मंगलवार आँफु निकटका पुर्व पदाधिकारी एबम केन्द्रीय सदस्य र अग्रज नेताहरुसमेतको भेला आव्हान गरेका हुन । पार्टीका निवर्तमान सभापाति शेरबहादुर देउवा समूहको भेला भनिएको उक्त भेला महाराजगञ्जस्थित स्मार्ट होटलमा आयोजना गरिएको थियो। निवर्तमान कार्यवाहक सभापति खड्काको अध्यक्षतामा भएको भेलामा कांग्रेसका पूर्वउपसभापति, पूर्वमहामन्त्री, पूर्वसहमहामन्त्री सहितका ६० बढी पूर्व केन्द्रीय सदस्य सहितका नेताहरू उपस्थित थिए ।

यसैगरी, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि बिहिबार आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । डा. कोइरालले बैशाख १७ गते समूहका नेताहरूको बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए । डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको भेला बोलाइएको जानकारी दिए ।

सोमबार आयोजित देउवा पक्षिय नेताहरुको भेलामा नेता खड्काले सभापति गगन थापासँग भएको भेटको कुराकानीबारे ब्रिफिङ गरेको बताइएको छ । पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापति थापाले आँफुसंग सुझाव मागेको र आफूले सुझाब दिएका विषयबारे भेलामा उनले जानकारी गराएका थिए ।
‘आधा कांग्रेस नेतृत्वको साथमा र आधा बाहिर रहेको जस्तो देखिएकाले पार्टी अहिले गुट–गुटमा विभाजित छ, यसलाई सम्पूर्ण रूपमा एकता गर्ने वा विभाजनतर्फ लैजाने भन्ने जिम्मेवारी अब सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको काँधमा छ। त्यसबारे कसरी अगाडि बढ्ने भन्ने तपाईंहरूको योजना र रणनीतिमा भर पर्छ ।’ आंफुले सभापति थापासमक्ष ब्यक्त गरेको भन्दै खडकाले सुनाए ‘पार्टी विभाजन वा एकताको भविष्य नेतृत्वको हातमा छ । हामी पार्टीलाई एकताबद्ध गराउन तयार छौँ । तर नेतृत्वले मिलौना सक्नुपर्यो ।’ खड्काको भनाइ थियो ।
खड्काले पार्टी एकतालाई देशको राष्ट्रियतासँग जोड्दै बलियो र एकीकृत कांग्रेसले मात्र वर्तमान सरकार र अन्य दलहरूसँग उच्च नैतिक मनोबलका साथ वार्ता गरी संविधानको रक्षा र राष्ट्रिय एकता कायम गर्न सक्ने धारणा आफूले सभापतिसँगको भेटमा राखेको समेत भेलामा जानकारी गराएका थिए । ‘मैले उहाँलाई प्रष्ट भनेको छु, पार्टी एकता टुक्रा–टुक्रामा गरेर अर्थ छैन, यो सम्पूर्ण रूपमा हुनुपर्छ। एकता कसरी गर्ने भन्ने बल अब तपाईंहरूको कोर्टमा छ। तपाईंहरूले एकताको ठोस रोडम्याप र प्रस्ताव तयार पार्नुहोस्, त्यसपछि मात्रै थप छलफल गर्न सकिन्छ।’

खड्काको भनाई पछि सभापति थापाले आफूले उपसभापति विश्वप्रकाश शर्मासँग सल्लाह गरी दुई–तीन दिनभित्र भेट्ने बताएको समेत भेलामा जानकारी दिए खड्काले आफ्नो तर्फबाट एकताका लागि कुनै पूर्वशर्त नराखेको र पहिला अर्को पक्षको स्पष्ट धारणा आओस् भन्ने चाहेको पनि बताए । सोमबारको भेलामा नेपाली काँग्रेसका पुर्व उपसभापतिहरु बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, पुर्व महामन्त्रीहरु डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, पूर्व सह महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ,डा.प्रकाशशरण महत र उमाकान्त चौधरी सहभागी थिए।
भेलामा पुर्व केन्द्रीय सदस्यहरुरमेश लेखक, सुजाता कोइराला, एनपी साउद, मोहन बहादुर बस्नेत, रामहरि खतिवडा, वीरबहादुर बलायर, अम्बिका बस्नेत, कान्तिका सेजुवाल, नैनसिंह महर, कल्याण गुरुङ, कुन्दनराज काफ्ले, गुरु बराल, रणबहादुर रावल, जीवनबहादुर शाही, लक्ष्मी खतिवडा,सरस्वती बजीमय, सिता राना, रमा पौड्याल कोइराला, किरण पौड्याल, सुशीला ढकाल आचार्य, गोमा भट्टराई, रुपा बिक सहभागी थिए।

यसैगरी भेलामा सहभागी अन्य पुर्व केन्द्रिय सदस्यहरुमा मीन विश्वकर्मा, पदमनारायण चौधरी, हरिशंकर परियार, उमेशजंग रायमाझी, गोविन्दबहादुर शाह, सरस्वती अर्याल तिवारी, राधा घले, कल्याणी रिजाल, उषा मिश्र राउत, मदनबहादुर अमात्य, आनन्द ढुंगाना, जीतजंग बस्नेत, सिता गुरुङ, माया राई, शान्ति परियार, ध्यान गोविन्द रञ्जित, पदम बोगटी, अञ्जनी श्रेष्ठ, गोमा भट्टराईको साथै मुगु जिल्ला सभापति ऐनबहादुर शाही, स्याङ्जा जिल्ला सभापति राजु थापा, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा र नागेश्वर यादवसहितका दुई दर्जनभन्दा बढी जिल्ला सभापतिहरू सहभागी रहेको बताइएको छ ।














