Play

बिधार्थी संगठन माथिको प्रतिबन्ध असंबैधानिक तर संगठनमा सुधार आबश्यक- कांगेस नेता महर

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता नै वर्तमान राजनीतिक परिस्थितिमा सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित भातृ संगठनका नेताहरु संगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महरले भने, “कांग्रेस एकवद्ध भएर अघि बढ्नुको विकल्प छैन। आन्तरिक मतभेदलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई सुदृढ बनाउनुपर्छ।”

उनले देशको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सशक्त र जिम्मेवार कांग्रेस आवश्यक रहेको उल्लेख गर्दै पार्टी कमजोर भएमा समग्र लोकतन्त्र नै कमजोर हुने महरको भनाई थियो । “हाम्रो जिम्मेवारी केवल पार्टीभित्र सीमित छैन, देश र लोकतन्त्रप्रति पनि उत्तिकै छ, सरकार दूई तिहाईको दम्ब देखाएर जनताका दैनिक जनजिवनमा आएका समस्या प्रति उदासिन देखिएको छ। सरकारलाई जनता प्रति जिम्मेवार बनाउन पनि प्रमुख प्रतिपक्ष दलले अहम भुमिका खेल्ने बेला आएको छ, महरले भने।

अहिले विद्यार्थी संगठन माथि सरकारले लगाउने प्रतिबन्ध नेपालको संबिधानको वर्खिलाप भएकाो तर विद्यार्थी राजनीति भित्र अत्यधिक सुधारको आवश्यकता रहेको बताउदै महरले युवाहरूलाई पार्टीको मुख्य शक्तिको रूपमा उल्लेख गर्दै उनीहरूको सक्रिय सहभागिताविना पार्टीको भविष्य सुदृढ नहुने धारणा राखे। उनले अवसर, नेतृत्व विकास र नीतिगत सहभागितामार्फत युवाहरूलाई अगाडि ल्याउनुपर्नेमा जोड दिए।

महरले सबै नेता तथा कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको सामूहिक हितमा लाग्न आह्वान गरे। “हामी सबै एकजुट भयौं भने मात्रै कांग्रेसलाई अझ बलियो र देशलाई समृद्ध बनाउन सक्छौं,” उनले भने।

८ बैशाख २०८३, मंगलवार १४:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा