Play

ललितपुरको कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरेर दुई दाजुभाइको हत्या

गुरुकुल खबर


काठमाडौँ, देशको पर्यटकीय राजधानी पोखराको मुख्य बजार क्षेत्रमा हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएकै समयमा काठमाडौँ उपत्यकाको  ललितपुर महानगरपालिका वडा न. १२ स्थित कृष्णमन्दिर परिसरमा सहोदर दाजुभाई अर्थात दुईजनाको छुरा प्रहारबाट हत्या गरिएको छ। पुरानो घर झापाको कमल गाउँपालिका -६ मा भएपनि पछिल्लो समय ललितपुरको इमाडोलमा घर बनाएर बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको उनीहरुसंग अपरिचित युवकको छुरा प्रहारबाट हत्या भएको हो।

चैत २५ बुधबार दिउँसो  १२ बजेतिर नेम्बाङ दाजुभाइ र अरू दुई जना पाटन र मङ्गलबजार क्षेत्रमा घुम्न गएका थिए। सँगै जानेमा उनीहरुको काका नाता पर्ने एक जना पनि थिए।  पाटन दरबार स्क्वायर क्षेत्रमा बारम्बार घुम्न जाने गरेको भएपनि त्यसअघि उनिहरुको बिचमा कहिल्यै भेटघाट नभएको बुझिएको छ। घुम्ने क्रममा दाजु सुमितले एक जना साथीलाई फोन गर्दा गलत नम्बर डायल भएर सञ्जीव नेपाली ‘सञ्जु’ को नम्बरमा फोन गएको र सोहि बिबादका कारण नेम्बांग दाजुभाईको हत्या भएको हुनसक्ने प्रहरीको निष्कर्ष छ।

ललितपुरको भोलढोकामा बसें सन्जिबले आँफुलाई किन फोन गरेको भन्दै सुमितसंग बिबाद गरेको भएपनी उनीहरुको कुरा त्यत्तिकै सकिएको थियो । तर साँझपख फेरि पनि संजिबले सुमितलाई फोन गरेर तँ कहाँ छस ? भन्दै सोधेको र उनले मंगलबजारमा रहेको बताएपछि संजिबले गगन सुनार भन्ने साथि लिएर स्कुटरमा सुमितलाई खोज्दै मंगलबजार कृष्ण मन्दिर परिसर पुगेका थिए ।

कृष्ण मन्दिर परिसरमा उनीहरूको बिचमा भेट भएपछि फेरी पनि उनीहरुको बिचमा  फोनमा भएका कुराबारे पुनः विवाद बढेको थियो। मन्दिरको सिँढीमा बसेर विवाद मिलाउने भन्दै उनीहरू कृष्ण मन्दिर परिसरको सिँढीमा उक्लिएको भएपनि छलफलको क्रममा फेरि विवाद बढ्दै गएपछि सञ्जीवले आफूसँग भएको मासु काट्ने छुरा निकालेर प्रहार गर्न लागेका थिए ।

त्यसबीचमा सुमितले संजिबको हात समातेर मुखमा हानेपछि दुवैजना झगडा गर्दै सिँढीबाट तल झर्न लागेको भएपनि सोहि क्रममा सञ्जीव नेपाली अर्थात संजुले सुमितको पेटमा छुरा प्रहार गरेको बताइन्छ । दाइलाई छुरा हानेपछि भाइ सृजनले बचाउने प्रयास गर्दा सृजनको घाँटी र पेटमा पनि सन्जिबले छुरा प्रहार गरेका थिए । त्यसपछि दुई दाजुभाइ नै गम्भीर घाइते भएर कृष्ण मन्दिर परिसरमा ढल्न पुगेका थिए।

उक्त घटनापछि संगै घुम्न गएकाहरुले प्रहरीलाई खबर गरेको र सूचना पाएको ३ मिनेटभित्र प्रहरी घटनास्थलमा पुगेको भएपनि दुई दाजुभाई भने मन्दिर परिसरमा रक्ताम्य र अचेत अबस्थामा ढलिरसकेका थिए । प्रहरीले गम्भीर अबस्थामा रहेका नेम्बाङ दाजुभाइलाई उपचारका लागि बी एन्ड बी अस्पताल पठाएको भएपनि  अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको थियो।

हत्यामा संलग्न सञ्जीव भोलढोकामा मासु पसलमा काम गर्थे। उनि कृष्ण मन्दिर परिसरबाट भागेर एउटा रेस्टुरेन्टभित्र छिर्न खोजेको अवस्थामा एक जना प्रहरी जवानले उनलाई नियन्त्रणमा लिएका हुन्।  करिब पौने आठ बजेतिर भएको उक्त घटना लगत्तै त्यहाँ पुगेको प्रहरीले आरोपी संजु भनिने सन्जिब नेपालीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार‘आवेश र उत्तेजनाका कारण यो घटना भएको देखिन्छ।’

पक्राउ परेका मुख्य अभियुक्त सञ्जीव नेपाली उग्र स्वभावको रहेको र यसअघि पनि कुटपिटका विभिन्न घटनामा संलग्न हुने गरेको प्रहरीले जनाएको छ । मृतक र अभियुक्तबिच पहिले कुनै चिनजान नभएको र केवल गलत नम्बरमा गएको एउटा फोन कलका कारण उत्पन्न विवादले ज्यान लिने स्थितिसम्म पुर्‍याएको प्रहरीले पुष्टि गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन । छुरा प्रहारबाट मारिएका सुमित लन्डन जाने तयारीमा थिए।

२६ चैत्र २०८२, बिहीबार १४:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा