Play

प्रम बालेन्द्रले घटाईदिए गृहमन्त्री सुधन गुरुङको बरियता: तेश्रो बरियताका गुरुङ अब पाँचौमा, अन्यको पनि थपघट

गुरुकुल खबर


काठमाडौँ, बालेन्द्र शाह नेतृत्वको सरकारमा तेश्रो बरियतामा रहेका गृह मन्त्री सुधन गुरुङको बरियता पछाडी सारिएको छ । यस अगाडी मन्त्रीपरिषदमा तेश्रो बरियतामा रहेका गुरुङको बरियता अब भने पाँचौ नम्बरमा लागिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो ।

मन्त्रीहरुको मर्यादाक्रम अर्थात बरियतामा हेरफेर गरिएको भएपनि कार्यविभाजन भने यथावत राखिएको छ । नयाँ बरियता अर्थात मर्यादाक्रम अनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले दोश्रो र परराष्ट्रमन्त्री शिशिर खनाल तेश्रो बरियतामा रहेको छन।

मन्त्रीपरिषदमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई चौथो र गृहमन्त्री सुधन गुरुङलाई पाँचौं नम्बरको बरियतामा राखिएको छ। गृहमन्त्री गुरुङलाई शुरुवातमा मन्त्रीमण्डलको तेश्रो बरियतामा राखेर केहि दिनमै बरियता घटाएर पाँचौंमा पुर्याइएको घटनालाई चासोको रुपमा हेर्न थालिएको छ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनील लम्सालको वरीयता घटाइएको छ । पाँचौँबाट उनलाई छैटौँ वरीयता दिइएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सातौँ वरीयतामा राखिएको छ । उनी यसअघि १२औँ वरीयतामा थिइन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको पनि वरीयता बढाइएको छ । उनलाई आठौँ वरीयता दिइएको छ । उनी यसअघि १५औँ वरीयतामा थिइन् । संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको पनि वरीयता बढाइएको छ । ११ औँबाट अब उनलाई नवौँ वरीयता दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री सीता मेहतालाई १०औँ वरीयतामा राखिएको छ । उनी यसअघि नवौँ वरीयतामा थिइन् । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेललाई ११औँ वरीयतामा राखिएको छ । उनी यसअघि आठौँ वरीयतामा थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज तिमिल्सिनाको वरीयता पनि फेरिएको छ । उनलाई १२औँ वरीयता तोकिएको छ । उनी यसअघि सातौँ वरीयतामा थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाको पनि वरीयता घटाइएको छ । उनलाई १३औँ वरीयतामा राखिएको छ । उनी यसअघि १०औँ वरीयतामा थिए ।

कृषिमन्त्री गीता चौधरीलाई १४औँ वरीयता दिइएको छ । उनी यसअघि १३औँ वरीयतामा थिइन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई अन्तिम अर्थात् १५औँ वरीयता तोकिएको छ । उनी यसअघि १४औँ वरीयतामा थिए ।

२४ चैत्र २०८२, मंगलवार १६:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा