Play

ओली पक्राउको बिरोधमा काठमाडौँ र पोखरासहित देशभर प्रदर्शन: बिभिन्न स्थानमा तनाव, प्रतिबेदन जलाइयो

गुरुकुल खबर


पोखरा, नेकपा एमालेका अध्यक्ष केपी ओली पक्राउको बिरोध गर्दै सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् ।

पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमालेका जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले शनिबार पोखरा र काठमाडौँ लगायत बिभिन्न स्थानमा जाँचबुझ आयोगको प्रतिवेदन जलाउनुको साथै प्रदर्शन गर्दा बिभिन्न स्थानमा तनावपूर्ण अबस्था सृजना हुन पुगेको छ ।

पोखरामा नेकपा एमाले कास्कीको कार्यालयबाट निस्केको जुलुस पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो उक्त सभामा बोल्ने एमाले नेता कार्यकर्ताहरुले ओलीको तत्काल रिहाईको माग गर्दै भदौ २३ र २४ मा सरकारी र निजि सम्पत्ति एबम बिभिन्न संरचना तोडफोड गर्ने, आगजनी गर्ने र लुटपाट गरेर विध्वंश मच्चाउनेहरु माथि कारबाहीको माग गरेका थिए

उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त बर्तमान सरकारका प्रधानमन्त्री र गृहमन्त्री बिरुद्ध बिभिन्न नारा लगाएका थिए । शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौँ भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् ।

अध्यक्ष ओलीको रिहाइको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन् ।  उनीहरुले पनि जाँचबुझ आयोगको प्रतिवेदन पनि जलाएका छन् । राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको कारण मुलुकका बिभिन्न स्थानमा प्रदर्शन भैरहेको छ ।

अध्यक्ष ओलीको गिरफ्तारीको विरोधमा एमालेका जनवर्गीय सङ्गठनहरूले काठमाडौँको बबरमहलस्थित जिल्ला अदालत अगाडि टायर बालेर प्रदर्शन गरे। एमाले सम्बद्ध २३ वटा जनवर्गीय सङ्गठनहरूले एकीकृत रूपमा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गरेको थियो। सो क्रममा प्रहरी र प्रदर्शनकारीबिच केही बेर ठेलमठेल हुनुका साथै स्थिति तनावपूर्ण बनेको थियो।

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि प्रदर्शन गरेको छ। बुटवलमा एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् । बुटवलको मिलनचोकमा उनीहरुले प्रदर्शन गरेका छन् ।

ओलीलाई पक्राउ गरिएको विरोधमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा पनि एमालेले शनिबार विरोध प्रदर्शन गरेको छ । एमालेका कार्यकर्ताहरूले अध्यक्ष ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहाइको माग राखेर सडकमा उत्रिएका हुन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एमालेका कार्यकर्ताहरूले ठुलो सङ्ख्यामा भेला भई नाराबाजी गरेका थिए ।

धनगढीको मुख्य चोकमा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध चर्का नारा लगाउँदै अध्यक्ष ओलीलाई विना सर्त रिहा गर्न माग गरे । त्यसैगरी, कञ्चनपुरको महेन्द्रनगरमा पनि एमाले कार्यकर्ताहरूले विरोध र्याली निकाले ।

महेन्द्रनगरको मदन चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमाले नेताहरूले सरकारले अधिनायकवादी शैली अपनाएको आरोप लगाए । उनीहरूले ओलीको रिहाइ नभएसम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

शनिबार बिहान गुण्डुस्थित आफ्नै निवासबाट ओलीलाई पक्राउ गरिएको थियो । त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।

१४ चैत्र २०८२, शनिबार १७:५५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा