Play

राजस्व विभागका पुर्व महानिर्देशक झलकराम अधिकारीसंग २५ लाख धरौटी माग

गुरुकुल खबर


काठमाडौं, राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीसँग विशेष अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ । राजस्व चुहावट, घुस रिसवत र सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि उनलाई तारिखमा छाड्न अदालतले २५ लाख रुपैया धरौटी रकम मागेको हो ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र उमेश कोइरालाको इजलासले अधिकारीलाई २५ लाख रुपैयाँ नगद वा सो बराबरको बैंक जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । तोकिएको धरौटी रकम बुझाउन नसकेमा उनलाई थुनामा राख्न कारागार कार्यालय पठाउनसमेत आदेशमा भनिएको छ । अधिकारीले पोखरा महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत सहित बिभिन्न मन्त्रालय र कार्यालयमा बिभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन ।

अधिकारीविरुद्ध विभागको महानिर्देशक पदमा रहँदा राजस्व चुहावट नियन्त्रण, अनुसन्धान तथा कारबाही गर्ने अख्तियारीको दुरुपयोग गरी अन्य प्रतिवादीहरूसँग मिलेमतोमा ७० लाख रुपैयाँ घुस लिएको आरोप छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दायर भएको मुद्दामा उनीमाथि घुसबापत प्राप्त रकमको स्रोत लुकाउने र सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर थिमिमा ५० लाख रुपैयाँमा जग्गा खरिद गरेको र २० लाख रुपैयाँ ‘द कुटी रिसोर्ट प्रालि’ को कर्जा भुक्तानीमा लगानी गरेको दाबी गरिएको छ ।

अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी झलकराम अधिकारीबाट २५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई निजलाई तारिखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू । धरौटी वा जमानत नदिएमा विशेष अदालत नियमावली, २०८० बमोजिम थुनुवा पुर्जी दिई कारागार पठाउनू ।’ अधिकारीले भने अदालतसमक्ष बयान दिँदा आफूमाथिका आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका थिए । उनले आरोपपत्रमा उल्लेख गरिएका व्यक्तिहरूसँग आफ्नो कुनै कारोबार र लेनदेन नभएको दाबी गर्दै शंका र अनुमानका भरमा मात्र आरोप लगाइएको जिकिर गरेका थिए । ‘आरोपदाबी बमोजिम सजाय हुने नभई छुटकारा दिलाई पाऊँ,’ उनले बयानमा भनेका थिए ।

यसअघि वादी नेपाल सरकारका तर्फबाट विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता विनोदलाल श्रेष्ठले बहस गरेका थिए भने प्रतिवादी अधिकारीका तर्फबाट अधिवक्ताहरू अपूर्व खतिवडा र योगेश्वर भण्डारीले बहस गरेका थिए । अधिकारीले जग्गामा लगानी गरेको भनिएको मध्यपुर थिमिको जग्गा अनुसन्धानकै क्रममा रोक्का राखिसकिएको आदेशमा उल्लेख छ ।

१० चैत्र २०८२, मंगलवार २१:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा