काठमाडौँ, रिलायन्स फाइनान्स लि. र मेट्रो ल्याबको बिचमा ल्याबले प्रदान गर्ने बिभिन्न सेवाहरुमा ३० प्रतिशतसम्म छुट दिने गरि सम्झौता भएको छ । दुई संस्थाबीच भएको सम्झौतापत्र अनुसार मेट्रो ल्याब प्रालिले फाईनान्सका कर्मचारी तथा ग्राहकहरुलाई ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ ।
रिलायन्स फाईनान्सको प्रधान कार्यालय कमलादीमा भएको सम्झौताअनुसार मेट्रो ल्यावले फुल बोडी हेल्थ चेकअपमा लिंदै आएको शुल्कमा १० प्रतिशत र अन्य ल्याव परिक्षणहरुमा ३० प्रतिशतसम्मको छुट दिने सहमति भएको छ सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकारी डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक शंकर देबकोटाले हस्ताक्षर गरेका छन ।
काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दे आएको ल्यावले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा कर्मचारीहरु तथा ग्राहकहरुले यि छुटहरु पाउने सम्झौतात्रमा उल्लेख छ ।















