Play

नेपाली प्रेम दिवस अर्थात होली पर्व मनाइंदै, समाजमा सद्भाव कायम राख्न होलीले प्रेरणा दिने राष्ट्रपति पौडेलको बिश्वास

गुरुकुल खबर


पोखरा, रङ्गहरूको पर्वका रुपमा प्रत्येक वर्ष मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज सोमबार देशभर मनाइंदै छ  वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा होली पर्वलाई हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ ।

नेपालमा मनाइने प्रेम दिवस फागुन महिनामा पर्ने फागुपूर्णिमालाई मानिने संस्कृतविद्हरुको भनाई छ । ‘झ्याले दंक तुकङ मा वहे ल्यासे जिता मा…’ नेवार समुदायका युवाले यो बोलको गीत होलीको दिनमा गाउने गर्छन् । सो गीतमा झ्यालमा सागको माला सजाएर बस्ने युवतीलाई साथी बनाउँछु भन्ने भावना समेटिएको छ ।

राष्ट्रपति पौडेलको शुभकामना 

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन  । होली पर्वको सुखद अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका हुन ।

राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, “होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलको भनाइ छ । राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रुपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता भएको समेत उल्लेख गरेका छन ।

प्रेम अभिव्यक्त गर्ने अवसर – होली अर्थात फागु 

कुनै बेला होलीको लोकभाका गाउँदै आफूलाई मन परेको मान्छेसामु गीतमार्फत आफ्ना भावना व्यक्त गर्थे । महिला पुरुष सबैका लागि प्रेम अभिव्यक्त गर्ने अवसर हुन्थ्यो फागु । प्रविधिको विकास तथा पश्चिमी संस्कृतिका कारण अहिलेका युवापुस्ताले चाडपर्व भनेको रमाइलो गर्ने माध्यमका रूपमा मात्र लिन थालेको संस्कृतविद् गणेशराम लाछिको भनाइ छ, “टोल टोलमा गीत गाउँदै फागु खेल्दै हिँड्थे युवकयुवती । पुरुषहरू एकआपसमा अबिर छर्दै गीत गाउँदै हिँड्थे । महिला टोली पुरुषको स्वरमा स्वर मिलाउँथे । झन्डै तीन दशकअघिसम्मको प्रचलन अब त कथा जस्तै भएको लाछीको गुनासो छ ।”

एकआपसमा रङ खेलेर, अबिर छरेर फागु मनाउँदै गर्दा त्यहाँ विविध रङ देखिन्छ लाछिले भने, “ती रङमा सङ्गीतले प्राण भरेको हुन्छ । आत्मीयता साटासाट गर्ने पर्वका रूपमा रहेको फागु कालान्तरमा प्रेमगीतले जीवन्त बनाएको छ । उहाँले विस्तारै फागु ‘होली’ बनेको जानकारी दिँदै गीत/सङ्गीतमा समेत होली शब्दले व्यापकता पाएको बताउछन ।

प्रेम दिवस 

नेपालमा मनाइने प्रेम दिवस फागुन महिनामा पर्ने फागुपूर्णिमालाई मानिने संस्कृतविद् ओम धौभडेलले जानकारी दिए । उनका अनुसार ‘झ्याले दंक तुकङ मा वहे ल्यासे जिता मा…’ नेवार समुदायका युवाले यो बोलको गीत होलीको दिनमा गाउने गर्छन् । सो गीतमा झ्यालमा सागको माला सजाएर बस्ने युवतीलाई साथी बनाउँछु भन्ने भावना समेटिएको छ ।

परम्परा अनुसार होली सुरु हुनुभन्दा दुई/तीन हप्ताअघिबाट नेवारको घर घरका झ्यालमा होलीको आगमनको सङ्केत गर्न सागका माला झुन्ड्याउने गरिन्छ, धौभडेल भन्छन, “मूलतः तरुणी र हुर्केकी चेली, जो असल पुरुष साथीको खोजीमा रहेका हुन्छन् उनैले यसरी मालाले घर सजाउने गर्दथे । होली खेल्न टोल टोलमा पुग्ने टोलीले विपरीत लिङ्गीसँग सम्बन्ध अघि बढाउने परम्परागत लोकगीत गाउने गर्छन् । नेवार युवाले होलीलाई पिरती गाँस्ने पर्वका रूपमा लिने गरेका छन् । यो दिन युवकयुवती अबिर, रङसहित होली खेलेर माया साटासाट गर्ने गर्छन् ।

सांस्कृतिक पक्षले के के गर्छ त होलीमा 

हिरण्यकश्यपुले विष्णुभक्त प्रह्लादलाई मार्न अह्राएपछि होलिकाले प्रह्लादलाई काखमा राखेर आगोमा होमेकी थिइन् तर आगोले असर नपर्ने भनिएको होलिका मरेको, प्रह्लाद भने जीवित रहेको पौराणिक कथन यो पर्वसँग जोडिएको छ । काठमाडौँको धलासिक्वका मानन्धर समूहले परम्परा अनुसार नागार्जुन वनबाट ल्याइएको हरियो बाँसमा रङ्गीबिरङ्गी ध्वजासहित वसन्तपुर गद्दी बैठकको दक्षिण पटाङ्गिनीमा एक साताअघि फागुपर्वको चीर ठड्याइन्छ ।

यसै गरी हनुमानढोका दरबारस्थित नासलचोक, मोहनकाली चोक लुँह चोक र दाखः चोकमा पनि मयलका ससाना हाँगामा ध्वजा फहराएर चीर गाडिन्छ । यसै गरी गुरुमापा नामका राक्षसका लागि टुँडिखेलमा मध्यरात एक मुरी भात र एउटा सिङ्गो राँगोको भतेर लगाइने प्रचलन पनि छ ।

१८ फाल्गुन २०८२, सोमबार ०८:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा