Play

पोखरामा टाइगर कप भलिबल शुरु, एपीएफ, आर्मी र न्यू डायमण्डको विजयी सुरुआत

गुरुकुल खबर


पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिता पोखरामा सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपको उद्घाटन गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका थिए । च्याम्पियनसिपको पहिलो दिन शसस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् ।

पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५- ८ ले जित निकाल्दै सहज सुरुआत गरेको थियो । पुरुषतर्फ आर्मीले माल्दिभ्स भलिबल एशोसियसनलाई सोझो सेटमा गर्न सफल रह्यो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा नतिजा निकाल्यो ।

आजको अन्तिम तथा तेस्रो खेलमा एपीएफले गण्डकी प्रदेशलाई स्तब्ध पा¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट गण्डकीलाई सुम्पियो । तेस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो । चौथो सेटमा एपिएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै सुखद सुरुआत गर्यो ।

प्रतियोगिताअन्तर्गत भोलि शनिबार ४ खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । भोलिको दोस्रो खेल महिलातर्फ एपिएफ र थाइल्याण्ड क्विन्सबिच हुने तालिका छ । महिलातर्फको दुई खेलपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ ।

माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

९ माघ २०८२, शुक्रबार १९:२६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा