Play

पुर्व राज्यमन्त्री कंडेललाई तोकियो नवलपरासी पश्चिममा कांग्रेसको आधिकारिक उमेदवार

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसले नवलपरासी पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पुर्ब गृहराज्य मन्त्री देवेन्द्रराज कँडेललाई आफ्नो आधिकारिक उम्मेदवार तोकेको छ। कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचन आयोगलाई पत्र लेख्दै कँडेलको उम्मेदवारी आधिकारिक भएको जानकारी दिएका हुन्।

यसअघि निर्वाचन अधिकृतको कार्यालयले पहिले दर्ता भएको आधारमा भीमबहादुर थापाको उम्मेदवारी कायम रहने जानकारी दिए पनि केन्द्रको आधिकारिक पत्रले नयाँ मोड ल्याएको छ। कांग्रेसले दुवै जनालाई मनोनयनको पत्र दिएर पठाएको कारण समस्या उत्पन्न भएको थियो

यस क्षेत्रमा कँडेल र थापा दुवैले कांग्रेसको आधिकारिक टिकट लिएर उम्मेदवारी दर्ता गराएपछि विवाद सुरु भएको थियो। थापाले सुरुमा उम्मेदवारी दर्ता गराएका थिए भने उनको प्रस्तावकमा केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थकमा यमलाल भुसाल थिए। सुरुमा दर्ता भएको आधारमा मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रप्रसाद आचार्यले बिहीबार थापालाई आधिकारिकता दिने निर्णय गरेका थिए। तर सभापति थापाले निर्वाचन आयोगलाई पठाएको पत्रले कँडेललाई आधिकारिक उम्मेदवारका रूपमा स्पष्ट पारेको छ।

पार्टीभित्रको आन्तरिक विवाद र टिकट वितरणमा देखिएको अन्योलका बीच केन्द्रीय कार्यसमितिले कँडेललाई नै मैदानमा उतार्ने निर्णय गरेको हो। यस निर्णयसँगै अब नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट कँडेल नै चुनावी प्रतिस्पर्धामा रहने सुनिश्चित भएको छ।

९ माघ २०८२, शुक्रबार १७:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा