काठमाडौँ, नेपाली काँग्रेसको हालै सम्पन्न बिशेष महाधिबेशनबाट निर्बाचित केन्द्रीय सभापति गगन थापाले पार्टीको केन्द्रीय कार्यालयमा आंफ्नो पदभार सम्हालेका छन ।
बिशेष महाधिबेशन सम्पन्न भएर नयाँ कार्यसमिति चयन भैसकेको भएपनि १४ औं महाधिबेशनबाट निर्बाचित सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का सहित यस अगाडिको संस्थापन समुहका अधिकांश नेताहरुले बिशेष महाधिबेशनलाई अबैधानिक भनेको कारण पार्टी भित्र आन्तरिक बिबाद बढेको थियो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्बाचनको लागि उमेदवार तय गर्ने दिन नजिक आएको बेला कांग्रेसको दुई पक्ष आधिकारिकताको लागि निर्बाचन आयोग पुगेको भएपनि आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिक मानेपछि प्रतिनिधिसभा सदस्यको उमेदवारको निर्णय गर्ने जिम्मेवारी थापाको समितिमा आइपुगेको थियो। त्यसपछि मात्र पार्टीमा देउवा समुहका नेताहरुसमेत गगन थापाको हातबाट टिकट लिन तयार भएका थिए।

निर्बाचन आयोगपछि कांग्रेसको आन्तरिक बिबाद सर्वोच्च अदालत पुगेको छ अदालतमा मुद्दा विचाराधीन रहेको भएपनि बिशेष महाधिबेशनका कारण उत्पन्न बिबाद मत्थर हुँदैगएको र पार्टी कार्यालयमा बिशेष महाधिबेशन पक्षधरलाई रोक्न कार्यालय कुरेर बसेका कार्यकर्ताहरु समेत कार्यालय छोडेर गएपछि शुक्रबार मात्र थापा सहितको कार्यसमितिले पदबहाली गरेको हो।
बिशेष महाधिबेशन सकिएको केहि दिन बितेको भएपनि पार्टीका नेता र कार्यकर्तामा उत्पन्न आक्रोश न्यून भएपछि कुनै पनि द्वन्द नहुने किसिमले सभापति थापा सहितको कार्यसमितिले पदभार ग्रहण गरेको छ।

यसैबीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि पार्टी कार्यालयमा पहिलोपटक बैठक बसेको हो । आजको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचन होमिने निर्णय गर्ने बुझिएको छ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे पनि तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभपाति पूर्णबहादुर खड्कासहितले बेवास्ता गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिशेष महाधिबेशन आह्वान गरेर सोहि महाधिबेशनबाट थापाको नेतृत्वमा नया कार्यसमिति बनेको हो ।
















