पोखरा, नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको अनुसन्धानमा समर्पित भए बापत युवा प्राज्ञ द्वय डा.अम्बिका अर्याल र डा.त्रिभुवन बरईलाई ‘नइ कपिल प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारका राशि जनही पच्चिस हजार रूपियाँ रहेको छ।
सुप्रसिद्ध मनोचिकित्सक डा.कपिलदेव उपाध्यायको सम्मानमा स्थापना गरिएको ‘नइ कपिल प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले गरेको हो ।
यहि चैत २७,२८ र २९ गते सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ कपिल प्रज्ञा पुरस्कार’ समर्पण गरिने जानकारी नइ एकेडमीका सदस्य सचिब नरेन्द्रराज प्रसाईले गुरुकुल खबरलाई जानकारी दिएका छन।
यसैगरी, नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत दुई जना प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
प्रा.डा.ताराकान्त पाण्डे र प्रा.खेमराज जोशीलाई ‘नइ प्रज्ञा पुरस्कार’बाट विभूषित गरिने भएको हो । यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् ।

नइ एकेडेमीले २०८२ साल चैत २७,२८ र २९ गते सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा प्रा.डा.पाण्डे र प्रा.जोशीका पत्नी या उत्तराधिकारीला ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने भएको छ ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको एकेडमीका सदस्य सचिब नरेन्द्रराज प्रसाईले गुरुकुल खबरलाई जानकारी दिए।















