Play

कास्कीको अर्मलाकोटमा दशौँ संस्करणको १२ किमी पर्वतीय दौड प्रतियोगिताको तयारी

गुरुकुल खबर


पोखरा, कास्कीको पोखरामहानगरको उत्तरी भेकमा पर्ने अर्मलाकोटमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि अर्मलाकोट पर्वतिय दौड हुने भएको छ । पोखराको केआईसिंहपुलदेखि अर्मलाकोटसम्मको १२ कि.मि दुरीमा हुने पर्वतिय दौड यस बर्ष दशौँ संस्करण अन्तर्गत हुन लागेको हो । यहि माघ ९ गते बिहान प्रतियोगिता हुने जानकारी मूल आयोजक समितिका संयोजक जुम गुरुंगले गुरुकुल खबरलाई जानकारी दिए।

उक्त पर्बतिय दौड प्रतियोगितामा प्रथम हुनेलाई रु. २५ हजार नगद, मेडल र प्रमाणपत्र, द्दितिय हुनेलाई रु. २० हजार नगद, मेडल र प्रमाणपत्र त्यसैगरि त्रित्तिय हुनेलाई १५ हजार नगद, मेडल र प्रमाणपत्र र सान्त्वना १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक अर्मलाकोट क्लबले जानकारी दिएको छ ।

प्रतियोगितामा पोखरा महानगरको वडा नम्बर १६ स्तरिय दौड पनि गरिने जानकारी संयोजक जुम गुरुंगले दिए । उनका अनुसार माघ ९ गते बिहान ७ बजे पोखराको केआईसिं पुलबाट सुरु भई बाटुलेचौर, महेन्द्रगुफा, घार्मीखोला हुंदै डि गाऊं, टाडा बिसाउने, पात्लेहुंदै अर्मलाकोट पुगेर सम्पन्न हुने गरि रुट तय गरिएको आयोजकले जनाएको छ । दौड प्रतियोगिता सम्पन्न गर्नका लागी गुरुङको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ ।

त्यसैगरि प्रतियोगिता सम्पन्न गर्नका लागी आबश्यक आर्थिक श्रोत अर्मलाबाट बेलायतमा गएर बसोबास गर्नेहरुबाट संकलन गरिएको बुझिएको छ । यसका लागी जित बहादुर गुरुङको समन्वयमा बेलायत बस्ने किरण गुरुङले आर्थिक संयोजकको भुमिका निर्वाह गरेको बुझिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न बिभिन्न उपसमिती समेत गठन गरिएको छ । त्यसका लागी स्वयंसेवक समिती संयोजकमा गंगा बहादुर गुरुङ, पुरस्कार ब्यवस्थापन संयोजकमा ईश्वर गुरुङ, भोजन ब्यवस्थापन संयोजकमा भिम गुरुङ, रुट (बाटो) ब्यवस्थापन संयोजकमा उदिम गुरुङलाई राखिएको छ ।

संघ संस्था समन्वय संयोजकमा बबिन गुरुङ, प्रचार प्रसार संयोजकमा अमृत परियार, मन्च ब्यवस्थापन संयोजकमा सचिन परियार, स्वास्थ्य संयोजकमा सोम परियार, अतिथी सत्कार संयोजकमा सूर्य सुबेदी र अतिथी सत्कारको जिम्मेवारी अर्मलाकोट होमस्टे समिती र अर्मला आमा समुहलाई दिईएको छ भने सचिवालय ब्यवस्थापन संयोजकमा ईश्वर गुरुङलाई राखिएको छ ।

स्थानिय सिद्द बराह (म्हउदु बराह) को पुजा समेत गरिने श्रीपन्चमीको दिनमा पर्वतिय दौडका साथै गाउंस्तरिय भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता समेत हुने र यसका लागी सम्पुर्ण तयारी पुरा भएको पर्वतिय दौडका संयोजक गुरुङले जानकारी दिए ।

३ माघ २०८२, शनिबार २२:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा