Play

जनसम्पर्क समिति अमेरिकाका नेता नारायण र पोखराका ब्यबसायी बिष्णुलाई मातृशोक

गुरुकुल खबर


पोखरा, पोखराका युवा ब्यबसायी बिष्णुबहादुर थापा एबम अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका नेपाली जनसम्पर्क समिति मेरिल्याण्डका  पुर्व अध्यक्ष नारायण बहादुर थापा ( नारायणकाजी) लाई मातृशोक परेको छ।

थापा द्वयकी आमा, धार्मिक एबम सामाजिक व्यक्तित्व मैयादेबी थापाको ८९ बर्षको उमेरमा बिहिबार अकस्मात निधन भएको हो । ‘आमाको स्वास्थ्य स्थिति सामान्य नै थियो, तर अचानक माघे संक्रान्तीको दिनमा निधन हुन पुग्यो’ कान्छा छोरा बिष्णु थापाले भने।

स्व थापाका दुई छोरा र चार छोरी रहेकोमा जेठा छोरा नारायण बहादुर थापा लामो समयदेखि अमेरिका बस्दै आएका छन। उनि नेपाली काँग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड च्याप्टरका पुर्व अध्यक्ष एबम एनआरएन आइसीसीका सल्लाहकार पनि हुन।

कान्छा छोरा बिष्णुबहादुर थापा पोखराका युवा ब्यबसायी तथा पोखराको न्युरोडमा संचालनमा रहेको नेहा कलेक्सनका संचालक हुन। उनि खेलकुद लगायत बिभिन्न क्षेत्रसंग सम्बन्धित बिभिन्न संघसंस्थामा संलग्न छन।

उनका चार छोरीहरु अन्जली केसी, उर्मिला पन्थी, शुभद्रा थापा, अप्सरा थापा रहेका छन ।

स्व. मैयादेबी थापाकी बुहारी तथा जेठा छोरा नारायण थापाकी धर्मपत्नी रबिना थापा गैर आवासीय नेपाली संघ एनआरएन अन्तराष्ट्रिय समन्वय समितिको पुर्ब अध्यक्ष एबम नेपाली जनसम्पर्क समिति अमेरिकाकी नेतृ समेत हुन ।

३ माघ २०८२, शनिबार १७:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा