Play

स्टेप बाई स्टेप बोर्डिंगका संचालक रमाकान्त र निर्मला पुत्रशोकमा, छोरा योगेशको अमेरिकामा निधन

गुरुकुल खबर


पोखरा, पोखराका शिक्षासेवी एबम स्टेप बाई स्टेप बोर्डिंग स्कुलका सञ्चालक तथा हिसान गण्डकीका संस्थापक अध्यक्ष रमाकान्त बराललाई पुत्रशोक परेको छ । स्टेप बाई स्टेपका संस्थापक निर्देशक रमाकान्त बराल रसोहि बिधालयकी प्राचार्य निर्मला बरालका कान्छा सुपुत्र योगेश बरालको ३५ बर्षको उमेरमा हालै निधन भएको हो।

अध्ययनको लागि अमेरिका पुगेका योगेशको यहि जनवरीको पहिलो साता निधन भएपनि कसरी मृत्यु भएको भन्ने स्पष्ट हुन् सकेको छैन। उनको मृत्यु कार दुर्घटनामा भएको हुन सक्ने स्थानीय प्रहरीले जनाएको बराल परिवारको भनाई छ । उनि स्टेप बाई स्टेप बोर्डिंगको पढाइ सकेर अमेरिकामा अध्ययन गर्न गएपछि लामो समयदेखि त्यहि अमेरिकामा नै बस्दै आएका थिए।

( रमाकान्त बराल र निर्मला बरालको परिवारका सदस्यहरु )

कान्छा छोरा योगेशको निधनको खबर रमाकान्त दम्पतीले क्यानाडामा घुम्न गएको बेला थाहा पाएका थिए । उनीहरु गत मंसिरको २५ गते अमेरिका र क्यानाडाको भ्रमणका लागि नेपालबाट अमेरिका हुँदै क्यानाडा गएका थिए। जेठा छोरा भेट्न क्यानाडा गएको बखत कान्छा छोराको निधन भएको जानकारी पाएपछि पुन अमेरिका फर्किएका थिए ।

बराल दम्पतीले अमेरिकामा नै छोराको अन्त्येष्टि गरेको भएपनि अस्तु लिएर पोखराको रामघाटमा गत सोमबार हिन्दु परम्परा र संस्कार अनुरुप अस्तु बिसर्जन गरेको बुझिएको छ।

रमाकान्त र निर्मला दम्पतीका दुई छोरा र एक छोरी रहेकोमा योगेश कान्छा छोरा हुन जेठा छोरा मार्सल बराल इन्जिनियरिंगको अध्ययन सकेर क्यानाडामा बस्दै आएका छन भने छोरी रोश्ना बराल पनि अध्ययनको लागि अमेरिकामा रहेकी छन।

३ माघ २०८२, शनिबार १९:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा