काठमाडौँ, नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले Ten pay Payment technology company ltd. संग प्रत्यक्ष सम्झौता गरेको छ।
Ten pay Payment Technology Company ltd. चीनमा WeChat Pay (Weixin Pay) सञ्चालनगर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो।
उक्त सम्झौता पश्चात माछापुछ्रे बैंकले WeChat Pay (Weixin Pay) को माध्यमबाटअन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने छ। जस अन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा ( CNY) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँ (NPR) मा रकम प्राप्त गर्ने छन्।
यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ।
यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।साथै उक्त सम्झौताले वित्तिय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानीपूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेख्नियभूमिका खेल्ने अपेक्षागरिएको छ ।















