Play

चिनियाँ पर्यटकको लागि डिजिटल भुक्तानी सहज बनाउंदै माछापुच्छ्रे बैंक

गुरुकुल खबर


काठमाडौँ, नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले Ten pay Payment technology company ltd. संग प्रत्यक्ष सम्झौता गरेको छ।

Ten pay Payment Technology Company ltd. चीनमा WeChat Pay (Weixin Pay) सञ्चालनगर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो।

उक्त सम्झौता पश्चात माछापुछ्रे बैंकले WeChat Pay (Weixin Pay) को माध्यमबाटअन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने छ। जस अन्तर्गत चिनियाँ पर्यटकहरूले नेपालमा चिनियाँ मुद्रा ( CNY) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् भने नेपाली व्यापारीहरूले सोझै नेपाली रुपैयाँ (NPR) मा रकम प्राप्त गर्ने छन्।

यसरी चिनियाँँ पर्यटकले प्रत्यक्ष रुपमा कारोबार गर्न सक्ने हुँदा पर्यटन, खुद्रा व्यापार तथा सेवा क्षेत्रमा सहज र सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ।

यो सम्झौताले डिजिटल नेपाल फ्रेमवर्क तथा नेपाल राष्ट्र बैंकका विभिन्न रणनीतिक पहलहरूमा पनि टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।साथै उक्त सम्झौताले वित्तिय डिजिटल समावेशीकरण, नगद–रहित अर्थतन्त्र र भुक्तानीपूर्वाधारको आधुनिकीकरणमा समेत उल्लेख्नियभूमिका खेल्ने अपेक्षागरिएको छ ।

३० पुष २०८२, बुधबार २२:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा